देश

योनिभित्र लुकाई हेरोइन तस्करी गर्ने युवती पक्राउ



धनगढी, २७ असोज । धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ।​

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेको थियो। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६