खेलकुद

दोश्रो फुलबारी कपको उपाधि ब्रदर्श एफसी चप्परगाँउलाई



कपिलवस्तु, ३० असोज । ‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल प्रतियोगिता’ को उपाधि ब्रदर्श क्लव चप्परगाउँले हात पारेको छ । वडा नम्बर ७ को फुलबारी रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको एनएसवाइसी क्लवलमाथि संघर्षपूर्ण जित निकाल्दै ब्रदर्शले उपाधि जितेको हो ।

ब्रदर्शको जितमा खेलको पहिलो हाफमा फागुराम थारुले एक मात्र निर्णायक गोल गरे । खेलमा ‘म्यान अफ दि म्याच’ बनेका उनले हेडमार्फत् आकर्षक गोल गरेका थिए । उनले प्रहार गरेको बललाई विपक्षीका गोल रक्षकले नियन्त्रण गर्ने प्रयास गरे पनि चिप्लिएपछि बलले जाली चुम्न सफल भएको थियो ।

पहिलो हाफमा विपक्षीमाथि हावी बनेको ब्रदर्श दोश्रो हाफमा भने कमजोर देखिएको थियो । दोश्रो हाफमा ब्रदर्शका एक खेलाडीले रातो कार्ड पाएपछि भने चौवा हावी भयो । ब्रदर्शले रातो कार्ड पाएपछि एकै छिन् खेलमा तनावको स्थिति सिर्जना भएको थियो । खेलको अन्तिमतिर गोल गर्ने केहि मौका सिर्जना गरे पनि नतिजा नआउँदा चौवा उपविजेतामा सिमिति हुन पुगेको हो ।

उपाधिसंगै ब्रदर्शले नगद ८१ हजार शिल्ड, मेडल र प्रमाण पत्र हासिल गर्यो । दोश्रो स्थान हासिल गरेको चौवाले ३५ हजार शिल्ड मेडल र प्रमाण पत्र हासिल गरेको थियो । उनीहरुलाई प्रदेश सांसद विष्णु पन्थी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

करिब १ हजार ५ सय बढी दर्शकले साथ दिएको खेल निकै रोचक बनेको थियो । रंगशालाको चौतर्फी दर्शकले घरेका थिए । खेल हेर्नको लागि जिल्लाका बिभिन्न स्थानबाट खेलप्रेमीको सहभागिता थियो । समापन कार्यक्रमको संचालन पत्रकार पत्रकार राजेन्द्र खनालले गरेका थिए ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६