प्रदेश

होटलकै कर्मचारीको नाममा देह व्यापार शीर्षकमा प्रकाशित समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण




कपिलवस्तु, ३० असोज । 
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले २७ गतेको बुटवल टुडेमा सम्प्रेषित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले होटलकै कर्मचारीको नाममा देह व्यापार शीर्षकमा समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले बुटवल टुडे नामक मिडिया र उस्का पत्रकार बाट बारम्बार नियोजितरूपमा मिडिया बाजीले गम्भीर आशङ्का उत्पन्न भएको जनाएको छ । पर्यटकीय गन्तव्य प्राचीन कपिलवस्तुको व्यापारिक केन्द्र शिवराज नगरकै बदनाम हुने र असुरक्षित रहेको गलत सन्देश जाने गरि गलत प्रचार भएको क्रियाकलाप प्रति घोर आपत्ति जनाएको छ ।

संघले विज्ञप्तिमा लेखेको छ ।
पर्यटकीय गन्तव्य प्राचीन कपिलवस्तुको व्यापारिक केन्द्र शिवराज नगरकै बदनाम हुने र असुरक्षित रहेको गलत सन्देश जाने गरि आवश्यक भन्दा बढी सामाजिक सञ्जाल मार्फत र बुटवल टुडे नामक मिडिया र उस्का पत्रकार बाट बारम्बार नियोजितरूपमा मिडिया बाजीले गम्भीर आशङ्का उत्पन्न गरेको छ । र यस्ता क्रियाकलाप नगर्न संघ हार्दिक अनुरोध गर्दछ । साथै सुरक्षित गाँस र बास’ दिने वातावरण नबिगार्न पनि विनम्र अनुरोध गर्दछौँ ।
विकृति अन्त्य गर्ने हाम्रो पनि चाहना हो र संघ कटिबद्ध छ । तर, होटल व्यवसायीहरू लाई विभिन्न बहानामा ब्ल्याकमेलिङ गर्ने , तर्साउने , अनि आर्थिक अपेक्षा जस्ता आफ्नो अभीष्ट पूरा गर्न र कसैको स्वार्थ पूर्तिको लागि अरुको उस्काहट्मा लागेर त्रसित र बदनाम गर्ने शैलीका क्रियाकलाप प्रति घोर आपत्ति छ । 
पेशा व्यवसाय गरेका र होटल, लजमा बसेका सबैलाई यौन व्यवसायी वा कर्मीको संज्ञा दिनु गलत छ ।” 
पैसाको लेनदेनमा हुने यौनजन्य ब्यापार निरुत्साहित गर्न होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु  स्थानिय प्रशासन , स्थानीय सरकार एवम् संघ सस्था सङ समन्वय गरेर अगाडि बढ्न सदैव तयार छ । र पेसेवर होटल व्यवसायी वा यौनकर्मी लाई पहिचान गरि कानुन बमोजिम कारवाही गर्ने कुरामा दुईमत छैन ।
तर  “कोभिड १९ र त्यसपछि उत्पन्न आर्थिक मन्दीले धराशायी हुने अवस्थामा गुज्रिएको सम्पूर्ण सेवामूलक होटल तथा पर्यटन व्यवसायलाई एउटै डालोमा राखेर सबै व्यवसाय र  शिवराज नगरकै बदनाम हुनेगरि प्रचार बाजी गर्नु निन्दनीय छ ।
सूचना वा  कानुनको प्रयोग गर्दा अरुको हकमा आघात पुग्ने गरी कानुन वा सूचना उल्लंघन गर्न नगराउनुहुन विनम्र अनुरोध गर्दछौ। गलत काम रोक्न सबैलाई तेर्साएर हुँदैन, गलत गर्नेलाई कारबाही गरिनुपर्छ उस्ता व्यवसायीको संघले कुनै कोण बाट बचाउ गर्ने छैन ।
आपसी समझदारीमा होटल, लजमा बस्नु खानु कुनै गलत होइन । तर “प्रलोभनमा पारेर, झुक्काएर वा यौनजन्य व्यापारको संघ घोर भर्त्सना गर्दछ । ,अपराधी, गैरकानुनी काममा संलग्न, योजना बनाउन लागेको व्यक्ति बसेको शङ्का लागेमा वा सूचना पाएमा प्रहरीलाई जानकारी दिनुहुने सम्पूर्ण व्यवसायीहरूमा विनम्र अनुरोध गर्दछौँ । 
 आफ्नो पेशालाई कानुनको अधीनमा रहेर मयार्दित तवरले सेवा सञ्चालन गर्नु हुनका साथै होटल, गेष्टहाउसमा बास बस्न आउने ग्राहकको परिचय खुल्ने विवरण, सम्पर्क नम्बर, सवारीसाधन भएमा त्यसको पनि नम्बर संघले उपलब्ध गरायको इन्ट्री बुकमा अनिवार्य रेकर्ड राख्नुहुन सम्पूर्ण व्यवसायीलाई विनम्र अनुरोध गर्दछौँ ।
अन्तमाः कानुन उल्लंघन भएको छ वा अपराध हुनसक्ने स्थितिमा स्थानीय प्रशासन सग सहकार्य गरेर तेस्ता गलत कार्यहरू निरुत्साहित गर्न संघ सदैव कटिबद्ध छ । पैसामा यौन धन्दामा लगाउने, इच्छाविपरीत, डर, त्रासमा पारेर त्यस्ता गतिविधिमा लगाउने काम भएमा कारबाहीको लागि प्रशासनलाई सहयोग गर्न संघ प्रतिबद्ध छ ।
धन्यवाद
रबिन्द्र पौडेल 
अध्यक्ष  
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६