प्रदेश

बाणगंगामा लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ सहित ४ जना पक्राउ




कपिलवस्तु, ०१ कार्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ सहित ४ जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा न. ११ ओदारी प्रोजेक्ट टोल स्थित तौलिहवाबाट ४ नं. जितपुर तर्फ आउँदै गरेको वा २० च ९८३२ नं. को कार शंका लागि चेकजाँच गर्ने क्रममा बायाँ तर्फको सिटको पछाडि तर्फ सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकमा पोका भित्र सेतो कागजमा बेरी राखेको अवस्थामा ४८ पुरिया फेला परेको र उक्त पुरियाहरु खोली हेर्दा लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कार चालक रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ६ वस्ने वर्ष ३६ का युगल भट्टाराई, रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर वस्ने वर्ष ३५ का डम्बर बहादुर सारु मगर, सोहि ठाउँका वर्ष ३२ का सुनिल दर्लामी, बुटवल उपमहानगरपालिका वडा नं. १३ वुद्धनगर वस्ने वर्ष ३५ का राजु रास्कोटी मगर रहेका छन् ।

त्यस्तै उनीहरुको साथबाट रु ७ हजार ३ सय समेत बरामद गरिएको र पक्राउ परेकाहरुलाई पक्राउ पुर्जी जारी गरि अदालतबाट स्वीकृत लिई हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निक्षिक गोपाल जंग रायमाझीले जानकारी दिनुभयो ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६