कृषि

मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता शुरु



बाँके १५ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बीचमा एकताको सन्देश दिने बताउनुभएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उदघाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटा जातीले अर्को जातीको संस्कृति, चालचलनको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले गोल्डकपलाई आगामी बर्षदेखि नियमित कार्यक्रममा समाबेश गरिने बताउनुभयो ।
स्थानीय तहबाट आउने योजनामा प्रदेशको साथ रहने उहाँको भनाइ छ ।कार्यक्रममा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रसाद भट्टराईलगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने बताउनुभयो । आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब अध्यक्ष चक्र क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.समेत सहभागि छ ।
यस्तै नेपालका चर्च व्वाईज यूनाईटेड काठमाडौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाँडौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफी प्रदान गरिने छ । करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६