खेलकुद

टी–२० विश्वकपमा छनोट हुन नेपालले भोलि युएईसँग खेल्ने



काठमाडौं, १६ कात्तिक । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन । उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।

१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो । एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६