प्रदेश

चिन्तामणि घिमिरेको ‘सायद मर्छु क्यारे सानु’ बोलको गीत सार्वजनिक




कपिलवस्तु, १८ मंसिर ।
कपिलवस्तुका गायक चिन्तामणि घिमिरेको ‘सायद मर्छु क्यारे सानु’ बोलको गीत सार्वजनिक भएको छ । प्राय लोक भजन पस्किने घिमिरेले आफ्नै स्वर, शब्द तथा अभिनयबाट आधुनिक गीत सार्वजनिक गरेका हुन् । अत्यन्तै मार्मिक अनि जति रहेरपनि धित नमर्ने  खालको ‘सायद मर्छु क्यारे सानु’ बोलको म्युजिक भिडियो CMg\ Music, YouTube , Channel  मार्फत सार्वजनिक भएको छ ।


गीतले माया प्रेम सँग जोडिएको सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ ।  १२ मिनेटको भिडियो जसलाई शब्द, संगीत मार्फत सिँगार्ने काम चिन्ता मणि घिमिरेले गरेका छन् भने स्वर स्वयं चिन्तामणि र संगीता कँडेलको रहेको छ । यसलाई अभिनय मार्फत मुख्य भूमिका निर्वाह गर्नु हुने मुख्य कलाकार, चिन्तामणि घिमिरे र परि क्षेत्री छिन ।
त्यस्तै बालकलाकारको सशक्त भूमिका जिया भुसालको रहेको छ । यस भिडियोलाई छायांकन तथा सम्पादन कृष्ण पाण्डेले गर्नु भएको छ भने भिडियो डाइरेक्टर को रुपमा पनि पाण्डेले भूमिका निर्वाह गर्नु भएको हो ।


शब्द, संगीत, स्वर अनि अभिनयको बेजोड प्रस्तुती यसमा देख्न र सुन्न पाइन्छ । कलाकार देशका गहना हुन त्यसैमाथि नयाँ कलाकारलाई प्रोत्साहन गर्नु हाम्रो कर्तव्य र दायित्व हो । चिन्तामणि घिमिरेको ‘सायद मर्छु क्यारे सानु’ बोलको गीतले मोफसलमा पनि कलाकारको छुट्टै पहिचान बनाउन सक्छ भन्ने पुष्टि गरेको छ । 

भिडियो ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६