कपिलवस्तु, २० मंसिर । १४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहने १२ औं कपिलवस्तु डान्स आईडलको फाईनल अडिसन सकिएको छ ।मंगलबार भएको फाइनल अडिसनमा २४ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति राखेसंगै प्रतियोगी छनोट गरिएको डान्स आईडल संयोजक खडक बहादुर क्षेत्रीले बताए ।उनका अनुसार २४ जनामध्ये १२ जना फाईनल अडिसनबाट बाहिरिएका छन् भने १३ जनाले १२ औं कपिलवस्तु डान्स आईडलको प्रतिस्पर्धीको रुपमा मञ्चमा आआफ्नो प्रस्तुति दिने छन् । फाईनल अडिसनमा छनोट भएका १३ जना प्रतिस्पर्धीहरुले २२ गतेबाट स्टेजमा प्रस्तुति राख्ने उनले जानकारी दिए ।
क्षेत्रीले टप १३ मा पर्नेहरुमा मेनिसा छहरी, अल्का नेपाली, स्मृती जैसी, सम्झना वि,क, अन्जु परियार, रमेश थारु, मेनिसा राना, समयारा चौधरी, सन्ध्या खनाल, विहान कार्की, विशेषता झेंडी, प्रिसिका खाँण, अंशु कँडेल रहेको जानकारी दिए । मंसिर ५ गतेबाट सुरु भएको अडिसन मंसिर १९ गते सकिएर १३ जना छनोट गरिएको हो ।
डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले आगामी दिनका लागी प्रतिस्पर्धीलाई शुभकामना दिदैं आफुमा निहित कला, क्षमतालाई आत्मविश्वासका साथ स्टेजमा प्रस्फुटन गर्न आग्रह गरे । उनले १४ औं कपिलवस्तु महोत्सवको स्टेज आफ्नो प्रतिभा देखाउने महत्वपुर्ण स्थान भएको बताए । उनले यसै स्टेजबाट आफ्नो नृत्यमा निखार्ता ल्याउँदै भविष्यमा राम्रो डान्सरको स्थापित हुन सकिने बताए ।
१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने छ ।
प्रतिक्रिया