प्रदेश

१४ औं कपिलवस्तु महोत्सव, कपिलवस्तु वासीको साझा पर्व



कृष्ण प्रसाद पौडेल ।
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू भन्ने बुझिन्छ । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई जान्दछौ । त्यस्तै, परम्परा भन्नाले धेरै समय अघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरूलाई बुझिन्छ ।

मेला महोत्सवको सिजन भएकाले पनि देशका विभिन्न स्थानहरूमा मेला महोत्सवको आयोजना गरिएका छन् । मेला महोत्सवहरू कुनै स्थानमा सम्पन्न भएका छन्, कुनै स्थानमा जारी छन्, कुनै स्थानमा  आयोजनाको तयारी गरिदै छ ।  यसै बीचमा कपिलवस्तुमा वि.सं । २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको यो पटकको संस्करण १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी– २०८० को सुरुवात हुँदैछ । पाँचौ कपिलवस्तु महोत्सव, ७ औं, ९ औं, ११ औं र हालको १४ औं कपिलवस्तु महोत्सव सफल रुपमा सञ्चालन गरेको बाणगङ्गा वेलफेयर सोसाइटीले गरेको छ । महोत्सवमा सर्वसाधारणको उपस्थिति उत्साहजनक रहने आयोजकले अपेक्षा गरेका छन् । विगतमा सफल भएका महोत्सवलाई आधार मानी महोत्सवमा सर्वसाधारणको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेका हुन ।
देशमा सिर्जना भएको आर्थिक मन्दीका कारण तनावमा रहेका आम नागरिकले महोत्सवमा आयोजना गरिएका सांगीतिक कार्यक्रमबाट आफूलाई तनावमुक्त गराउने अवसर पाउने छन् । आर्थिक मन्दीको अवस्थामा पनि कलाकारहरूले स्टेज पाएसँगै केही राहतको महसुस गर्नेछन् ।  आर्थिक मन्दीको मारमा परेका उद्योगी व्यवसायी तंग्रिन बल पुग्ने छ ।

वेलफेयर सोसाइटीले यही मंसिर २१ देखि पुष १ गतेसम्म ११ दिन आयोजना गर्ने मेलामा कपिलवस्तु लगायतका छिमेकी जिल्लाका सर्वसाधारणहरूको जमघट रहने छ । विगतमा कोभिड महामारीका कारण करिब मेला महोत्सव रोकिएका थिए । कोभिडपछि तंग्रिन लागेको अर्थतन्त्र थलिन लागेको यस क्षेत्रको अर्थतन्त्रलाई महोत्सवले मलम लगाउने छ । वर्षौँदेखि  कपिलवस्तु महोत्सवले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ । महोत्सवले  आन्तरिक पर्यटकको आगमन समेत उल्लेख्य बढाउने छ । कतिपयले भन्ने गर्छन् महोत्सवको लहर नै चल्न थालेको अवस्थामा महोत्सवमा नजाने व्यक्तिले आफूलाई नुन विनाको तरकारी जस्तो महसुस गर्दछन् ।

१४ औं कपिलवस्तु महोत्सवले स्वदेशी उत्पादनलाई बजारमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने छ । महोत्सवले स्थानीय पर्यटकीय तथा आर्थिक गतिविधि चलायमान बनाउने र स्थानीय उत्पादन प्रदर्शनीले आर्थिक कारोबार बढ्ने । बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने छन् । मेलामा लोक संस्कृति र सांस्कृतिक झाँकीहरू प्रस्तुत  हुनेछन् स्थानीय संस्कृतिको प्रचारप्रसार र जगेर्नामा बल पुग्दैछ । 
१४ औं कपिलवस्तु महोत्सव मेला महोत्सव पर्वका रूपमा स्थापित हुँदै गएका छन् । मनोरञ्जन लिन होस वा खरिद गर्न मेला महोत्सवको चलन बढ्दो छ । कपिलवस्तु महोत्सवले पनि नेपाली अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । महोत्सवमा हुने १२ औं कपिलवस्तु डान्स आइडलले  क्षमता भएर पनि लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन भूमिका खेल्ने छ । खासगरी स्थापित भएका अधिकांश लोक दोहोरी गायक गायिका मेला महोत्सवबाटै उत्पादित भएका हुन । लोक संस्कृतिको जगेर्ना गर्न मेलाहरूको भूमिका प्रशंसनीय छ । दोहोरी गीत, नृत्य, मौलिक नृत्य आदि लोकप्रिय हुनुमा मेला महोत्सवको विशेष योगदान रहेको छ ।

मेला महोत्सवले युवा नेतृत्व समेत प्रदान गरेको छ । बाणगङ्गा वेलफेयर सोसाइटीले नेतृत्व गरेको महोत्सवले यस क्षेत्रका युवामा पनि नेतृत्व गर्ने क्षमताको विकास भएको छ ।  
महोत्सवले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि यस्ता मेला निकै उपयोगी बनेका छन् । एकै ठाउँमा वस्तु र सेवा प्रदान हुने भएकाले महोत्सव सर्वसाधारणको आकर्षण हुने गर्दछ । 
औद्योगिक व्यापार मेला तथा प्रदर्शनी खासगरी कृषि तथा औद्योगिक वस्तुको बजार प्रवृत्तिको विश्लेषण गर्ने भरपर्दो र विश्वासिलो आधार हो ।

महोत्सवमा उपभोक्ताले नयाँ वस्तुको लाभका बारेमा ज्ञान हासिल गर्दछन्, भने उद्योगी व्यवसायीले बजारीकरणको अवसर प्राप्त गर्दछन् । पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसको जस  महोत्सव र प्रदर्शनीलाई जान्छ । किनकि मेला महोत्सवकै कारण अधिकांशको घुम्ने बानीको विकास भएको छ । यस्ता मेला महोत्सवले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याएको छ ।

मेला महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवर्द्धन हुनु र ऐतिहासिक सभ्यता र सम्पदाको प्रचार प्रसार हुनु  अनि पर्यटकको घुइँचो लाग्नु हो । त्यसैले मेला, प्रदर्शनीलाई पर्यटनसँग जोड्नु अहिलेको आवश्यकतासँगै समयको माग पनि हो । १४ औं कपिलवस्तु महोत्सवलाई सफल पार्नु तपाईं हामी कपिलवस्तु वासीको साझा दायित्व हो ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६