प्रदेश

आज शनिबार पनि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता, रामजी खाँणसँगै यी कलाकार आउने




बाणगंगा, २३ मंसिर । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको दोस्रो दिन शुक्रबार ४ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन कपिलवस्तुमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रेसलिङ्ग प्रतियोगिताका तीन वटा खेल भएका थिए । आज शनिबार पनि रेसलिङ्गका तीनवटा खेल हुनेछन् । कर्भडहलमा रेसलिङले दर्शकहरुको विशेष ध्यान खिच्न सफल भएको थियो । दर्शकहरुले विशेष चासोका साथ कपिलवस्तु जिल्लामा पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेरेका थिए । थिए ।रेस्लिङमा नेपाल र भारतका प्रतियोगीहरुबीच प्रतिष्पर्धा भएको थियो । आज पनि चर्चित रेस्लरहरुबीचको प्रतिष्पर्धा हुने छ ।

शुक्रबार महोत्सवमा गायिका प्रिन्स लम्साल, रमेश निर्दोश, संगिता चितौरीको विशेष प्रस्तुतीसँगै दर्शकहरु झुमेका थिए । १२ औं कपिलवस्तु डान्स आइडलका टप १३ मा परेका प्रतियोगीहरुको पनि बेजोड प्रस्तुती रहेको आइडल संयोजक खड्क क्षेत्रीले जानकारी दिए । क्षेत्रीले शनिबारबाट आइडलको भोटिङ्ग सुरु हुने जानकारी दिए ।

देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १० १० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुको सम्मानका लागि र अपाङ्गता भएकाहरुलाई सहुलियतका लागि निःशुल्क प्रवेश दिइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सव अवलोकन गरी सुझाव सल्लाह दिन समेत कपिलवस्तु वासी र छिमेकी जिल्लावासीलाई आग्रह गरे ।

२३ गते शनिबारका आकर्षकहरु

शनिबार महोत्सवमा अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरु १२ औ कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।
महोत्सवको आकर्षको रुपमा रहेको मुक्तिनाथ मन्दिरको गेट, लुम्बिनी स्थित शान्ति दीप, मायादेवी मन्दिर लगायतले दर्शको ध्यान तान्न सफल भएका छन् । महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६