खेलकुद

निजी क्षेत्रको लगानीमा निर्माणधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने



रुपन्देही, २९ मंसिर । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ।

बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो।

सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ। पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले निर्माणधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए। उनले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पारे।

रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो। रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो। उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए।

सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताए। उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताए। उनले आगामी दशैं सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए।

उनले भने, ‘क्रिकेट रंगशाला बनाउने विश्वास आज अलिकति पूरा भएको छ। अहिलेसम्म हामीले ग्राउण्ड चाहीँ इन्टरनेशनल स्टाइलको, त्यहाँ हुनुपर्ने मापदण्डमा कुनै कमी कमजोरी नराखिकन ग्राउण्ड तयार भइसकेको छ, सात वटा पिच बनाइएको छ। फागुन एक गतेबाट टुर्नामेण्टको लागि हामी तयार छौं। तपाईंहरु टुर्नामेण्ट लिएर आउनुस्। मैदान तयार छ। अबको योजना पहिलो चरणमा मैदान बनाउने भनेका थियौं। मैदान बनेको छ। वैशाखसम्म मैदान बनाउने घोषणा थियो तर ४ महिनाअघि नै तयार भएको छ। माघ १ गतेबाट पेभेलियन, ड्रेस चेन्जिङ रुमहरु बनाउन शुरु गर्नेछौं। वैशाखसम्म हामी सबै बनाउने छौं। ५ हजार क्षमताको सिट आगामी दशैंसम्म र ५ हजार क्षमताको माटो र दुबो बिछ्याएर तयार गर्ने योजना छ। आगामी दशैं सम्ममा।’

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरैभन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल क्रिकेट संघ ९क्यान० सँग सहकार्य गरेर प्रतियोगिताहरु सञ्चालन गर्न आग्रह गरे।

उनले भने, ‘एक महिनाअघि पत्र पठाउनु होला, प्रदेश खेलकुद परिषद्लाई एक महिनाको निर्धारित मितिमै प्रदेश स्तरीय खेलकुद गतिविधि गर्नेछौं। यो वर्ष क्रिकेटको लागि विशेष पहल गरिरहेका छौं। यसको लागि बजेट पनि पर्याप्त मात्रामा गरेका छौं। समन्वयकारी निकाय क्यानसँग सहकार्य गरेर काम गर्नुहोस्।’

क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ। नेपालमा क्रिकेटको लोकप्रियता बढीरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो। यस किसिमको काम अन्य निजी क्षेत्रहरुले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ।

साथै खेलकुदमा लगामी गर्ने निजी क्षेत्रहरुलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६