पाल्पा ३० मंसिर।नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले अब गठबन्धन गर्न नहुने बताउनुभएको छ । आगामी चुनावमा जाँदै गर्दाखेरि हार्ने डरले र जित्ने लोभले गठबन्धनमा जाने कुरा कसैले कल्पना समेत गर्न नहने बताउनुभयो । थापाले कांग्रेस जित्नैका लागि चुनावमा जानुपर्ने मान्यता हटाएर जित्ने लोभमा गठबन्धन गर्दा आस्थामा रहेका कांग्रेस प्रति अत्यताचार गरेको बताउदै अब कुनै हालतमा चुनावमा गठबन्धन गर्न नहुने बताउनुभयो ।
थापाले लोकतन्त्रले जुन चरित्र र विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँने र गाउँगाउँका कांग्रसीको मन लत्याउने भएकाले निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, सैद्धान्तिक हिसाबले गलत भएको बताउनुभयो । अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको भन्दै तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउनुभयो ।
३० मंसिर २०८०, शनिबार
प्रतिक्रिया