प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँत प्रत्यारोपण




बुटवल, १८ पौष। लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मँगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो ।

विशेषज्ञ सेवालाई बिस्तार गर्दै गईरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय दाँत तथा मुख रोगका सफल उपचारहरु हुँदै आएको थापाले बताइन् । सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालमा गुणस्तरीय र अति कम शुल्कमा दाँतका विभिन्न खाले उपचार उपलब्ध हुने उनले बताइन् । मँगलबार पहिलो पटक दाँतको सफल शल्यक्रियासँगै सेवाग्राहीहरु अब निजी स्वास्थ्य संस्थामा धाउनु पर्ने बाध्यता अन्त्य भएको डा. थापाले उल्लेख गरिन् । शल्यक्रिया डा. थापाको नेतृत्वमा डा। सम्राट पहाडी, डा। सुचना अधिकारी, डा। नारायण पोखरेल र डा। रिचा भडेलको टोलीले गरेको थियो ।

अस्पतालमा ओपीडीतर्फ मेसिसिन, इ एन टि, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दन्त तथा मुख रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, हार्डजोर्नी, बाल रोग, आँखा रोग, न्यूरो सर्जरी, युरोलोजी तथा मनोरोग लगायतका उपचार हुँदै आएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिए ।

प्रकाशित : १८ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६