अर्थ-वाणिज्य

सिनर्जी : कपिलवस्तुकै सबै भन्दा ठूलो सहकारी, प्रदेश कै नम्वर १ बन्ने मिसन



पार्वती पाण्डे
कपिलवस्तु १८ पुस
कपिलवस्तुको बाणगंगालाई मुख्य कर्मथलो वनाएर यहाका १० हजार ५ सय बढी सदस्यको मेरुदण्डको रुपमा स्थापित सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिडेड यतिबेला उत्पादन, बजारीकरण र रोजगारीका क्षेत्रमा मा चरणबद्ध प्रगती हासिल गर्ने एक प्रदेश कै महत्वपूर्ण सहकारी सस्थाका रुपमा अगाडी बढी रहेको छ । प्रारम्भमा बचत तथा ऋणलाई मुख्य काम ठानेको सहकारीले यतिबेला नयाँ नयाँ आयमहरुमा काम थालेर सहकारीमा संकलित निक्षेपलाई उत्पादनशील कार्यमा परिचालन गर्न लागि परेको छ । सहकारीले विभिन्न नयाँ आयामहरुमा काम गर्दै आएको छ । त्यही संग जोडेर केहि प्रारम्भीक सफलता पनि हासिल गरेको छ । जुन यस प्रकार रहेका छन् ।
लुम्विनी प्रदेशकै उत्कृष्ट
बहुउदेश्यीय विधामा लुम्विनी प्रदेशकै उत्कृष्ट कार्य सम्पादन गर्ने सहकारीको रुपमा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कपिलबस्तुलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको २० औ बार्षिक साधारण सभाको अवसर पारी उत्कृष्ट सहकारी घोषणा गरिएको हो । उत्कृष्टताको प्रमाणपत्र बैंकको स्थापना दिवको अवसरमा प्रदान गर्ने कार्यतालिका रहेको राष्ट्रिय सहकारी बैंक लि.लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले जानकारी दिनुभएको छ ।
उद्यमशीलता बजार र भेटेनरी सेवा संचालन
कपिलवस्तुको बाणगंगा १ जितपुरमा मुख्य कार्यालय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिकामा क्रियाशिल ६ वटा एकै कार्य क्षेत्र भएका सहकारी मर्जर पछि बनेको थियो । १० हजार ५ सय बढी सदस्य रहेको सिनर्जी सहकारीले हाल सहकारी बस्तुको खरिद विक्री का लागि सहुलिगत पसल मार्फत बजार क्षेत्रको नयाँ आयम समाबेश गरेको छ भने , भेटेरेनरी सेवा संचालन गरेर सेवाग्राहीको सुविधा थप गर्न पुगेको छ । साथै उद्यमशिलता प्रवर्धनमा जोड दिदै सरसफाई सामाग्री लगायतका घरेलु उत्पादन वढाउने तालिम चलाएर उद्यमी श्रृजना समेत गर्दै आएको छ।
कपिलवस्तुकै सबै भन्दा ठूलो सहकारी शेयर सदस्यका हिसाबले कपिलवस्तुको सबैभन्दा ठूलो सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हो । बाणगंगाको चारनम्बरमा प्रधान कार्यालय रहेको सिनर्जीमा करिब १० हजार ५ सय सदस्य छन् ।बाणगंगाका सबै वडामा यो सहकारीको पहुँच देखिन्छ । दुई बर्ष अगाडी आधा दर्जन सहकारी मिलेर सिनर्जी बचत तथा ऋण सहकारी बहुउद्देश्यीय सहकारी बनेको हो ।बाणगंगा बाहेक छिमेकी पालिका र अन्य जिल्लामा समेत सेवा विस्तारको तयारीक्रममा सिनर्जीे लागेको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भयो । छ वटा सस्था एकिकरण हुदा कामय रहेका ८ हजार शेयर सदस्यलाई वृद्धि गर्दै हाल सम्म १० हजार ५ सय पुराइएको छ भने आगामी ५ वर्षमा २५ हजार सदस्य र २० वर्ष भित्र १ लाख ५० हजार शेयर सदस्यको संख्या पु¥याउनका निम्ति कार्यक्षेत्रलाई कपिलवस्तु जिल्लासंगै लुम्बिनी प्रदेशका सबै जिल्लामा सेवा विस्तारको नीति अवलम्बन गरिएको छ ।

निक्षेप संकलन र ऋण लगानीमा उत्कृष्ट
आर्थिक बर्ष ०७८/०७९ को रिर्पोट हेर्दा सहकारीले ७४ करोड ५३ लाख बराबरको ऋण लगानी गरेको छ ।यही आवमा ४३ करोड ७६ हजार बराबरको निक्षेप संकलन गर्न सफल भएको सिनर्जीको१७ करोड २८ लाख ६० हजार बराबरको शेयर पुँजी देखिन्छ । आव २०८९/०८० मा निक्षेप संकलन ४७ करोड ८८ लाख ४८ हजार १ सय ४७ रहेको छ । त्यसै गरि विभिन्न शिर्षकमा ७७ करोड ५५ लाख ७३ हजार ऋण लगानी भएको संस्थाका कोषाध्यक्ष चिरञ्जीवी पन्थले बताउनु भयो । यो सहकारीले निक्षेपलाई ऋण प्रवाहसंग अत्यन्तै तालमेल मिलाएकोछ । यतिमात्र होइन खराव कर्जा समेत नभएको वताइएको छ ।
एटिएम सेवा दिने पहिलो सहकारी
यसले ‘एटिएम’ सेवाको शुभारम्भ गरेको छ ।सिनर्जीले सुरुवात गरेको एटिएम सेवा सहकारीको क्षेत्रमा जिल्लामै पहिलो हो । १० हजार बढी शेयर सदस्य भएपछि उनीहरुको हितलाई ध्यानमा राखेर एटिएम सेवा शुरु गरेको ब्यवस्थापक दिनामणि खनालले वताउनु भयो । सहकारीमा कारोबार गर्नेको संख्यामा बृद्धि हुनु र शेयर सदस्यले मोवाइल बैकिङ सेवा र एटिएम सेवा चाहिने माग गरेपछि एटिएम सेवाको शुभारम्भ गरिएको अध्यक्ष बेल्वासेले बताउनु भयो ।‘सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले गत वर्षदेखि एटिएम सेवा शुभारम्भ गरेका छौं उहाले भन्नु भयो । ’, ‘अब पैसा झिक्न कार्यालयमै पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।’
इतिहासलाई नियाल्दा :
नेपाल सरकारले स्वः स्फूर्त रुपमा सहकारीहरुलाई एकीकरणका लागि आह्वान गरेको परिवेशमा कपिलवस्तुमा ६ वटा सहकारी मर्जर भएर सिनर्जी वहुउदेश्यीय सहकारी आव ०७७÷०७८ मा बनेको हो । विशेषत कृषि, कृषिजन्य उद्यम, बजार प्रवर्धन, उद्यमशीलता विकास, रोजगार प्रवर्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवर्धनको अभिप्रायले समान कार्यक्षेत्र भएकालाई शेयर सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा प्रभावकारीता ल्याउन एकिकरण गरिएको हो ।
श्री कृषि बहुद्देश्सीय सहकारी संस्था लि. वोडगाउँ, सिनर्जी सहकारी संस्था लि. बनगाई, घरघरमा बचत तथा ऋण सहकारी संस्था लि. बोडगाउँ, बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. चप्परगाउँ, श्री अभियान कृषि सहकारी संस्था लि. भड्डीहवा, उज्जवल महिला कृषि सहकारी संस्था लि., बोडगाउँका बीच एकीकरण कार्यले वैधानिकता प्राप्त गर्दै एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्यिीय सहकारी संस्था लि. को स्थापना भई संयुक्त कारोवार शुभारम्भ भएको हो ।सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले २८ भाद्र २०७७ मा संयुक्त कार्यदल गठन गरी औपचारीक रुपमा कार्य अगाडि बढाएर १५ असार २०७८ मा बाणगंगा नगरपालिकाबाट एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. ले कानूनी वैधता प्राप्त गरी नगरपालिकाको कार्यविधि अनुरुप घोषणा तथा संयुक्त कारोबारको शुभारम्भ गरिएको बताउनु भयो ।
तत्पश्चात भएको अधिवेशन देखि हाल सम्म अध्यक्षका रुपमा लक्ष्मण बेल्बासेले नै नेतृत्व गर्नु भएको छ । संस्थाले विशेष गरि वचत र ऋणको कारोवार ,सहकारी वजार सञ्चालन , २ वटा एग्रोभेट सञ्चालन , किसानले उत्पादन गरेको वजारीकरण र प्रवद्र्धन गरेको संस्थाक व्यवस्थापक दिनामनी खनालले बताउनु भयो ।
संस्थाको आगामी लक्ष्य
कृषिजन्य उद्यम , सहकारी वजार प्रवद्र्धन , घरेलु उद्योगको विकास , रोजगार प्रवद्र्धन , पर्यटन प्रर्वद्धन सहित वचत तथा ऋण परिचालन गर्ने रहेको छ । समय सापक्ष सुचना प्रविधिको प्रयोग मार्फत समुदाय तथा सदस्यहरुको सामाजिक , आर्थिक र सांस्कृतिक जिवन उकास्ने संस्थाको उद्देश्य रहेको छ ।स्थानीय स्तरका आर्थिक र सामाजिक समस्याको समाधान सहकारीकै माध्यमले गर्ने गरि सिंगो प्रदेशलाई कार्यक्षेत्र गराई अगाडि बढ्ने काम चरणवद्ध रुपमा भएको संस्थाका अध्यक्ष बेल्बासेले बताउनु भयो ।
सहकारीले अर्वाड कहाँबाट पायो ?
यस सहकारीले २०७३ सालमा तत्कालिन डिभिजन सहकारीबाट उत्कृष्ट सहकारी अवार्ड पाएको छ । यस्तै २०७४ सालमा नेपालस्तरको प्रोबेन्सन ब्रान्ड २०१७/२०१८/१९ /२० को अवार्ड प्राप्त गर्न सफल भएको छ । २०७८ मा उत्कृष्ट करदाताको रुपमा अवार्ड , २०७८ मा वाणगंगा नगरपालिकाबाट अवार्ड , हालै राष्ट्रिय सहकारी वैंकको २० औं वार्षिक साधारण सभाबाट लुम्विनी प्रदेशकै उत्कृष्ट वहुउद्देश्यीय सहकारीको रुपमा अवार्ड प्राप्त गरेको छ ।
४५ लाई प्रत्यक्ष रोजगारी
यस सहकारीमा ४५ जनाले प्रत्येक्ष रोजगारी पाएका छन । जसमा २१ जना महिलाले रोजगारीको अवसर पाएका छन । गाउँ ठाउँमै रोजगारी पाउदा महिलाहरुलाई सहज भएको छ । यसवाट ऋण लिएर उद्यमसिलता गरी स्वरोजगार हुनेको संख्या अधिक रहेको छ ।

एकै साथ विभिन्न स्थानमा साधारण सभा :
सिनर्जी वहुउद्देश्यीय संस्थाका बाणगंगा भित्र ६ स्थानबाट सेवा प्रवाह हुने गरेको छ । जितपुर , बनगाई, ,बोडगाउँ, ओदारी , प्रगतिनगर , भलवाड र बैदौलीबाट सहकारीले सेवा प्रवाह गर्दै आएको छ । शेयर सदस्यको सुविधा र एकै ठाउँमा गर्न ठूलो संख्या भएकाले विभिन्न स्थानमा साधारणसभा एकै पटक सम्पन्न हुने गरेको हो । यसपालीको सभा यहि पुस २१ मा चार स्थानमा हुदैछ ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६