सीता बेल्बासे
कपिलवस्तु २४पुस ।कपिलवस्तुमा हात्तीपाईलेको अवस्था पत्ता लगाउन सर्वे गरिएको छ । बाणगंगा नगरपालिकाका वडा न।१मा ३ सय १४ जनाको परक्षिण गर्दा कुनै परिवारको सदस्यको रगत पोजेटिभ नभेटिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बुद्धआवजलाई जानकारी गराउनु भयो । किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाद्धारा आयोजित रोग निवारण समबन्धी ईपिडीमियोजीकल सर्वे ले गरेको परिक्षण पहिलो चरणको सफल भएको उहाँले जानकारी दिनु भयो । साथै हात्तीपाईले सर्वे परिक्षणमा सहयोग पुराउने नगर प्रमुख उपप्रमुख साथै स्वास्थ्यकर्मी सहभागि सम्पुर्ण नागरीक सबैमा शाखा प्रमुख पौडेलले धन्यावाद समेत दिनु भयो ।
२५ पुस २०८०, बुधबार
प्रतिक्रिया