अर्थ-वाणिज्य

सिद्धार्थ होटल ग्रिन लुम्बिनीको स्थापनाको एक बर्ष पुरा : समुदाय स्तरमा विभिन्न परिकार पकाउने प्रतियोगिता



दाङ २९ पुस ।पहिलो बार्षिकत्सवको अवसरमा लमहीको सिद्धार्थ होटल ग्रिन लुम्बिनीले आइतबार समुदाय स्तरमा खाना पकाउने प्रतियोगीता आयोजना गरेको छ र । पाँचरपाँच जना व्यक्ति सहभागी छ वटा समुहले प्रतियोगीतामा भाग लिने र उत्कृष्ट समुहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सिद्धार्थ ग्रुपका कर्पोरेट सेफ एलवी कौशलले जानकारी दिनुभयो ।समुदायबाट प्रतियोगीतामा भाग लिनेहरुले नेपाली, नेवारी, थकारी, थारु लगायतका परिकार तयार पार्ने छन् । जसको मुल्यांकन सिद्धार्थ ग्रुपले तोकेको मुल्यांकन समुहले गर्ने छ ।२० करोडको लगानीमा स्थापना भएको सिद्धार्थ होटल ग्रिन लुम्बिनीले एक बर्ष सफलतापूर्वक पुरा गरेको होटलका प्रवन्धक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । नेपाली खानालाई विश्व बजारमा चिनाउने र समुदाय स्तर सम्म होटलको पहुँच बढाउने उद्देश्यले प्रतियोगीता गर्न थालिएको हो।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६