प्रदेश

भैरहवामा शिवलिंगलाई जाडो भयो भन्दै कपडाले बेरियो



बुटवल,१३ माघ । हिन्दु धर्मावलम्बीहरुले भैरहवामा अत्यधीक चीसोले शिवलिंगलाई जाडो भयो भन्दै कपडा बेरिदिएका छन् । भैरहवाको पवन मिष्ठान्न भण्डार अगाडिको पशुपतिनाथ शिव पाञ्चायन मन्दिरस्थित शिव लिंगलाई बर्को ओडाइएको हो । निर्जिव शिवलिंगलाई जाडो हुने भन्दै कपडाले बेरेपछि साहित्यकार एवं बुद्धिजिवी विजयसागर श्रेष्ठले कैलाश पर्वतमा बस्ने शिवजीलाई जाडो हुने नहुने थाहा नभएपनि भृगु ऋषिको श्रापका कारण लिंगरूपमा पुजिएका शिवजीलाई जाडो भयो होला भनी भैरहवामा शिवलिंगमा बर्को ओडाइएको उल्लेख गरेका छन् ।

श्रेष्ठ लेख्छन्
कैलाश पर्वत बस्नु हुने भगवान् शिवजीलाई
जाडो हुन्छ कि हुँदैन होला ?
कैलाश पर्वत विराजमान हुनु हुने भगवान् शिवजीलाई जाडो हुन्छ कि हुँदैन होला रु मलाई थाहा भएन ।
तर भृगु ऋषिका श्रापका कारण लिंगरूपमा पुजीनु भएका शिवजीलाई जाडो भयो होला भनी भैरहवा पवन मिष्ठान्न अगाडि रहेको श्री पशुपतिनाथ शिव पाञ्चायन मन्दिरस्थित शिव लिंगलाई बर्को ओडाइएको छ । ’

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६