प्रदेश

सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नगर्न लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको निर्देशन



बुटवल, १३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गरे । अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन गरेका हुन् ।

अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिए । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा उनीहरुले सेवाग्राहीसँग गर्ने व्यवहार, बोलीचाली तथा दक्षतालाई निगरानीमा राखिने उल्लेख गरे । अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई नियमित रुपमा सहजीकरण गर्दै आएको छ ।

अन्तर व्यैत्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीका अनुसार मँगलबार र विहिबार गरी दुई दिनसम्म सकजीकरण कक्षा सञ्चालन गरिएको थियो । अस्पतालको आकस्मिक कक्षा, ओपीडी तथा बीमा शाखामा कार्यरतहरुलाई सेवाग्राहीसँग गरिने व्यवहार र सहज सञ्चारको बारेमा जानकारी गराइएको थियो । सहभागीहरुले सेवा प्रदान गर्ने समयमा सेवाग्रीबाट आउने विभिन्न प्रतिक्रियाहरुको अनुभव बारे अन्तरक्रिया गरेका थिए । यसैगरी सेवा प्रदान गर्ने समयमा उत्पन्न हुने असहज परिस्थिती, त्यसको व्यवस्थापन र अनुभव बारे छलफल भएको थियो ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६