प्रदेश

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण



बुटवल, १४ माघ । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो।

बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान सुरु भएको हो। अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले बताए। उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिए।

बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए। बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि रोकिने उनले बताए।

पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बन्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरूबाट कुकुर सङ्कलन गरी तीनको बन्ध्याकरण गरिने बताए।

यस पटक वडा नम्बर १५ मा सुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरू लगेर बन्ध्याकरण गर्ने उनले बताए। हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६