प्रदेश

गणेश क्षेत्रीको साझा प्यानलः उद्योग उपाध्यक्षमा खुमानन्द र महासचिवमा नवदत्तको उम्मेद्वारी रहने



कपिलवस्तु, १५ माघ ।
 
 कपिलवस्तु उद्योग वाणिज्य संघको यही २३ गते हुने १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले चुनावी रौनक सुरु भएको छ । चुनावी रौनक बढेसँगै कपिलवस्तुको बाणगङ्गा न. पा. वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा युवा व्यवसायी गणेश बहादुर क्षेत्रीको साझा प्यानलमा थप उम्मेद्वारी घोषण भएको छ ।

हिजो राती अबेरसम्म बसेको व्यवसायीहरूको बैठकबाट उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिवमा नवदत्त घिमिरेको उम्मेद्वारी रहने निर्णय भएको हो । उद्योग उपाध्यक्षका उम्मेद्वार खुमानन्द हाल सङ्घमा वाणिज्य उपाध्यक्ष छन् भने महासचिवका उम्मेद्वार नवदत्त कार्यसमिति सदस्य छन् ।

 यस अघि क्षेत्री अध्यक्ष रहने साझा प्यानलको वरिष्ठ उपाध्यक्षमा व्यवसायी तथा समाजसेवी हुमनाथ पौडेलको उम्मेद्वारी रहने निर्णय भई सकेको छ । पौडेल उद्योग वाणिज्य संघका पूर्व वाणिज्य तथा उद्योग उपाध्यक्ष समेत हुन । 

त्यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा समाजसेवी तथा व्यवसायी रामजी सेनले पनि उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय देखि समाजसेवामा सक्रिय सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष तथा कपिलवस्तु सामुदायिक अस्पतालका निर्वतमान अध्यक्ष समेत हुन् । सेनले व्यवसायीका हक र हितका लागि आफूले एसोसिएट उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताए ।

त्यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघका हालका वस्तुगत उपाध्यक्ष शालिकराम भुसालले पनि दोस्रो कार्यकालका लागि वस्तुगत उपाध्यक्षतर्फ उम्मेद्वारी घोषणा गरेका छन् । भुसालले पहिलो कार्यकालमा पूरा नभएका कार्य सम्पन्न गर्न दोस्रो कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेको बताए ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६