खेलकुद

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाण्डौ, १५ माघ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बङ्गलादेशमा हुने १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार देखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमले बङ्गलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे ।

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । नेपालले पहिलो खेल फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रवार बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६