खोज–अनुसन्धान

बिकट क्षेत्र धुर्कोट अस्पतालमा १५ शैय्याको सेवा सुरु



गुल्मी १५ माघ । गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अस्पतालको सेवा शुभारम्भ गर्नुहुँदै प्रदेशले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले २४ घण्टा सेवा लिने बिरामीलाई लक्षित गर्दै गाउँमै १५ शय्याको अस्पताल सञ्चालन गरेको बताउनुभयो ।
अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक रुपमा हाललाई जनशक्ति व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।अस्पतालमा १५ शय्याको सेवा सुरु भएसँगै अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर २४ घण्टा सेवा दिन सकिने अस्पताल व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले बताउनुभयो । आकस्मिक बिरामीलाई पनि थप सहज हुने र अस्पतालको स्तरोन्नति भएसँगै अन्तरङ्ग सेवा पनि थप हुने बताइएको छ ।अस्पताल १५ शय्यामा स्तरोन्नति भएसँगै चारजना जनशक्ति थप गर्नुपर्ने हुन्छ । हाल यस अस्पतालबाट प्रसूति सेवा, ल्याब सेवा, ओपिडी सेवालगायतका आधारभूत सेवा प्रवाह भइरहेका छन्

प्रकाशित : १५ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६