खेलकुद

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दै



काठमाण्डौ, १७ माघ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।

सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ । समूह ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६