प्रदेश

कपिलवस्तु उद्योग वाणिज्य संघः यी हुन मोहन न्यौपाने प्यानलका उम्मेद्वार



कपिलवस्तु, १९ माघ।कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको चुनावी सरगर्मी बढ्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित संघको यहि माघ २३ गतेदेखि संघको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन हुदैछ । यस अधिवेशनले आगामी ३ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।कपिलवस्तु उद्योग वाणिज्य संघमा स्थापनादेखि नै सकृय युवा व्यवसायी मोहन न्यौपानेको साझा उम्मेदवारको प्यानल आज सार्वजनिक भएको छ । ९० प्रतिशत युवाहरु समेटी अध्यक्षका उम्मेदवार न्यौपानेको प्यानलमा सवैक्षेत्र समुदायको प्रतिनिधीत्व गराउदै साझा र समावेशी टिम निर्माण भएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा विरेन्द्र खाँण, उद्योग उपाध्यक्षमा रबिन्द्र पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, बस्तुगत उपाध्यक्षमा नरेन्द्र सेन, एशोसिएट उपाध्यक्षमा बुद्धिराम पौडेल, महिला उपाध्यक्षमा पवित्रा सोमै, महासचिवमा मदन पौडेल, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्ण प्रसाद गैरे, महिला सदस्यमा निर्मला पाण्डे अधिकारी, महिला सदस्यमा मधु केसी, सकरानी थारु, बनगाई क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई वाणिज्य, सन्तोष सुनार उद्योग, वोर्डगाउँ क्षेत्र धिरज विष्ट, चारनम्बर क्षेत्रगत सदस्य असिम क्षेत्री, जनक अधिकारी, कोपवा पंकज पाण्डे, ओदारी मदन अर्याल, पटना रामेश्वर थारु, पिपरा नरेन्द्र बस्याल, गजेहडा दण्डपाणी भट्टराई, कृष्ण प्रसाद भट्टराई, बैरिया हुम बहादुर कार्की, एशोसियट सदस्य विष्णु पाठक, जितेन्द्र श्रेष्ठ रहेका छन् । बाँकी रहेका केही क्षेत्रगत सदस्यको उम्मेदवार पछि घोषणा गरिने बताइएको छ ।

अध्यक्षका उम्मेदवार न्यौपोनले व्यवसायिक सुरक्षाको लागि ४० लाखबाट १ करोड अक्षय कोष स्थापना संगै सदस्यहरुको व्यवसायिक विमाको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवसायी दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्म राहत दिने व्यवस्था गरिने बताउनुभयो । उहाँले संस्थागत सुशासनलाई पहिलो प्राथमिकता दिएर आर्थिक पारदर्शीतालाई पूर्णता दिदै लुम्बिनी प्रदेशमै आफ्नो पहिचान स्थापित गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार घोषणा सभा कार्यक्रममा न्यौपानेले २० बुँदे प्रतिवद्धता पत्र पेश गर्नुभएको थियो ।

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपाने, नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, वाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, वडा अध्यक्ष छविरेश्मी मगर, संघका पूर्व अध्यक्ष उमानाथ पौडेल, नगर उपसचिव चेतनारायण भण्डारी लगाएतले युवा टिमलाई शुभकामना दिनुभएको थियो । वाणगंगा ७ मोतिपुरको सभाहाल सम्पन्न कार्यक्रम नगर उपाध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता सचिव विष्णु गिरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६