प्रदेश

कपिलवस्तुमा समाजवादी मोर्चाको सन्देश सभाः मूलुकको हित र अग्रगमनका लागी समाजवादी मोर्चा



कपिलवस्तु, २० माघ ।

नेकपा एसका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेयले मूलुकको हित र अग्रगमनका लागी समाजवादी मोर्चा गठन भएको बताएका छन् । बर्तमान नेपालको बृहत्तर हित र बिकासका लागि राष्ट्रिय आवश्यकत्ता अनुरुप नै मोर्चाको गठन गरिएको उनले बताए ।

शनिबार तौलिहवामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पाण्डेयले सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध संचालन गरेको अभियान नरोकिने बताए । समाजवादी मोर्चा नेपाल जिल्ला संयोजन समिती कपिलवस्तुले सदरमुकाम तौलिहवामा आयोजना गरेको सन्देश सभाका बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै पूर्वमन्त्री पाण्डेयले केहि व्यक्तिलाई सरकारले चलाएको सुशासनको अभियान मन नपरेको दावी पनि गरे । कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको उनको भनाई छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुर्दशन बरालले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नकै लागी आफुहरुले समाजवादी मोर्चा बनाएको बताए । उनले मोर्चाको कार्यक्रम अहिले कोठामा गरेको देखिएपनि आवस्यकता परे प्राप्त उपलब्धिको रक्षाको लागी लाखौं जनतालाई सडकमा उतार्न तयार रहेको चेतावनी पनि दिए । कपिलवस्तु जिल्ला प्रशस्त संभावना रहेको जिल्ला रहेको भएता पनि अपेक्षित रुपमा यहाँको बिकास भने हुन नसक्नु र्दुभाग्यपूर्ण रहेको धारणा राखे ।

जनता समाजवादी पार्टीका नविन सुनारले मोर्चाले परिवर्तनको पक्षमा काम गर्ने दावी गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार त्यसको उदाहरण रहेको दावी गरे । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु बेल्बासेले जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डको नेतृत्वमा रहेको मोर्चामा गोलबद्ध भएर जनताको परिवर्तनको चाहाना पुरा गर्न कम्युनिष्टहरु एक हुनपर्नेमा जोड दिए । नेता बेल्बासेले अहिले सरकारको नेतृत्व जनताको एउटा सफल योद्धाले गरेको उल्लेख गर्दै भ्रष्टाचार र कुशासन विरुद्ध अभियान थालेका प्रचण्डले राम्रो काम गरिरेहको दावी गरे ।

यस्तै उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृ सम्झना सिले सरकारको राम्रो काममा सडकबाट साथ दिन तयार रहेको बताइन् । भ्रष्टाचार लगायत विभिन्न काण्डमा सरकारले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्दै सरकारलाई साथ र सहयोग रहेको उनको भनाई थियो । संविधानको रक्षा र जनजिविकाको क्षेत्रमा काम गर्न मोर्चामा आबद्ध भएको नेता सुनिल सिको भनाई थियो ।

समाजवादी मोर्चा नेपाल जिल्ला संयोजन समिती कपिलवस्तुका संयोजक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुनिल सिको अध्यक्षता, नेकपा एसका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको सन्देश सभामा समाजवादी पार्टीका नविन सुनार, नेकपा एसका गीता केसी अन्जान, रुद्रलाल बन्जाडे, रामलौटन तिवारी, अहमद अब्दुल रौफ, दिपा खनाल, रामनिवास यादव, शान्ती देवी हरिजन, सन्तोष पाण्डेय, शैलेन्द्र यादव, अब्दुल रसिद खाँ लगायतका नेता तथा कार्यकर्ताहरुले मूलुकको आर्थिक जटिलता न्यूनीकरणका लागि एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६