प्रदेश

लुम्बिनी प्रदेश स्थापना दिवसमा दौडः आर्मीका टंकले जिते उपाधि



कपिलवस्तु, २१ माघ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि आर्मीका टंक कार्कीले जितेका छन् । उनले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरे । नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए ।

यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो, सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । प्रतियोगितामा मोहनदेव जोशी, प्रेम बस्नेत, सुमन बुढा, अजय पाण्डे, बिकास बिक, विवश बुढा क्रमशः दशौ स्थानसम्म हासिल गरे ।

यसैगरी महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले चुमेकी छिन् । उनले ५ किलोमिटर दूरी १९.३९.०४ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् । यसैगरी कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

यसैगरी प्रतियोगितामा क्रमशः अरुणिका चौधरी, अनिशा चौधरी, आयुषा गिरी, प्रियङ्का साउद, उमा चौधरी दशौ स्थानसम्म हासिल गरिन् ।

प्रतियोगितामा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौ ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच विजेता, उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय र प्रदेश सरकारका सचिव राधिका आर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : २१ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६