प्रदेश

बुद्वभूमिमा भूमि अधिकार तथा श्रमिक संगठनको छलफल




कपिलवस्तु, २१ माघ ।
भुमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासबीच संघीय वन ऐन तथा प्रदेश वन ऐन सम्बन्धी बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ । भुमिहीन अधिकार तथा श्रमिक संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुद्धभूमि नगरपालिकाको झडुला माई मन्दिर बुड्ढीमा सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै भुमिहीन अधिकार तथा श्रमिक संगठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरीले गरिब, सुकुम्बासी समस्याहरूलाई हेर्ने दृष्टिकोरण अझै पनि दोस्रो दर्जामा रहेको बताइन् । गरिब तथा सुकुम्बासीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउँदै नेकपा एमाले पार्टीको जनवर्गीय संगठन मध्ये सबै भन्दा महत्वपूर्ण संगठन भएको उनको भनाई छ । उनले अरूले के भन्छ रु त्यसमा नलागी आफ्नो अधिकारमा लाग्न समेत आग्रह समेत गरिन् ।

कार्यक्रममा बाणगंगा नगरपालिकाबाट प्रतिनिधित्व गर्दै चिन्तापणी ढुंगानाले भुमिहीनमा वनले भुमिहीन बासिन्दालाई हटाउने कार्य गरेको हुँदा कतिबेला गाँसबास हराउने डर रहेको बताउँदै यसको समस्यालाई समाधान गर्न र न्याय दिन अनुरोध गरे । यसैगरी बुद्वभुमी नगरपालिकाबाट प्रतिनिधित्व गर्दै देवी प्रसाद बेल्वासेले १० वर्षसम्म बस्दै आएका बासिन्दालाई हटाउन नमिल्ने बताए ।

यस्तै शिवराज नगरपालिकाबाट प्रतिनिधित्व गर्दै लालु खनालले चुनावको बेला मात्रै नभएर वास्तवमै सुकुम्बासीहरूको अधिकार दिन र समस्या समाधान गर्न लाग्ने बताए । यस्तै प्रदेश सांसद विष्णु पन्थी एमाले पार्टी गरिब तथा सुकुम्बासीहरूको समस्या समाधान गर्न सधैँभरि अगाडी लाग्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नवराज लामिछाने, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, एमाले नेताहरू पिताम्बर खनाल, हिरालाल पौडेल, देवी बेल्बासे, धुर्व न्यौपाने, मन्जु चौधरी लगायत संगठनका नेताहरुले गतिविधिको सम्बन्धमा आफ्ना सम्बोधन राखेका थिए ।

कार्यक्रम भुमिहीन अधिकार तथा श्रमिक संगठन जिल्ला कार्य समितिका अध्यक्ष महेन्द्र भुसालको अध्यक्षता, पवित्रा नेपालीको स्वागत मन्तव्य र रमेश केसीको सञ्चालमा कार्यक्रम सम्पन्न भएका छ ।

प्रकाशित : २१ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६