प्रदेश

कपिलवस्तु उद्योग बाणिज्य संघको साधारण सभा उद्घाटन गर्न अर्थमन्त्री डा. महत आउने



कपिलवस्तु, २२ माघ । कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने भएका छन् । माघ २३ गते अर्थात् भोलि विहान ११ बजे संघको कार्यलय रहेको प्राङ्गणमा डाक्टर महतले अधिवेशनको उद्घाटन गर्ने छन् ।

संघका महासचिव मनोज पौडेलले साधारण सभामा यसरी पहिलो पटक उच्च पदस्थ ब्यक्ति झिकाइएकोले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन आग्रह गरे ।

निकै छोटो समयका लागि अर्थमन्त्री महत जिल्लामा आउन लागेकाले सहभागि भएर कुराहरु सुन्न महासचिव पौडेलको उद्योगी ब्यवसायीलाई आग्रह छ । मन्त्री आएको अवसर पारी संघको तर्फबाट ब्यवसायीका पीर र मर्का राखिने कार्यक्रम रहेको पौडेलले बताए ।

अर्थमन्त्री महतसंगै, प्रदेशका मन्त्री, सांसद, मेयर लगायतका जनप्रतिनिधिको पनि सहभागिता हुने पौडेलले बताए । संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो कार्यकाल सफल बनाउन भूमिका निर्वाहा गर्ने सबैलाई धन्यबाद दिँदै अधिवेशनमा सहभागिताको लागि सबैलाई आग्रह गरे ।

साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र सकिए पछि आगामी नेतृत्वको लागि निर्वाचन प्रकृया सुरु हुने अध्यक्ष घिमिरेले बताए । संघमा करिब २१०० सदस्य आवद्ध छन् ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६