प्रदेश

मुख्यमन्त्रीलाई लुम्बिनी कांग्रेसले बुझायो १४ बुँदे ज्ञापनपत्र



दाङ, २३ माघ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत बजेट सुनिश्चितता गर्न माग गरिएको छ ।

लुम्बिनीमा खटिएका कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौला नेतृत्वमा लुम्बिनी कांग्रेस उपसभापति भुवन श्रेष्ठ, महामन्त्री विक्रम खनाल लगायतको टोलीले बिहीबार ज्ञापनपत्र बुझाउँदै प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तरगत स्थानीय सेवा तत्काल ल्याउन, सडक, खानेपानी, सिँचाइ, रोजगारी, स्थानीय शिक्षा र सुशासनको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै रोजगारी खोज्दै युवाहरू धेरै विदेशिएकाले उद्यमशील विकास, रोजगारीमुलक तालिम, निर्ब्याजी ऋण र उत्पादनको सामाग्रीको बजार व्यवस्थापन, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा सञ्चालित एक घर, एक घर खानेपानी योजनामा काम भएको रकम भुक्तानी, सिँचाइको व्यवस्था गर्नुपर्ने, जंगली जनावर नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका पोखराथोकस्थित शिवशक्ति शीतभण्डारमा कुहिएका सुन्तलाको क्षतिपूर्ति, पहाडी जिल्लाका जीर्ण क्याम्पस भवनको मर्मत र प्रध्यापकलाई तलब व्यवस्था गर्न तथा लुम्बिनीमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन भनिएको छ । पाल्पाको रानीमहल, भगवती मन्दिर लगायतको संरक्षण गरि प्रचारप्रसार र गुल्मीको मुसिकोटमा निर्माणाधीन पुल बारम्बार भत्किएको, खोलाले बगाएकाले मर्मतको सुनिश्चितता गर्न भनिएको छ ।

त्यस्तै साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहन गरी बिना झन्झट व्यापार, व्यवसाय गर्ने वातावरण र रूकुमपूर्वमा द्वन्द्वकालमा लुटिएका सामाग्री फिर्ता गराउन, बैंकबाट लुटिएका सामानको क्षतिपूर्ति गर्न भनिएको छ ।

कांग्रेस नेतृ संग्रौलाको नेतृत्वमा लुम्बिनीका कपिलवस्तु, गुल्मी, रूकुमपूर्व, बर्दिया, प्युठान र नवलपरासी जिल्लामा समुदायसँग पुगेर सुझाव लिइएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले प्रदेश सरकार दिइएको सुझाव अनुसार अगाडि बढेको र जनताको पक्षमा काम भैरहेको बताए ।

प्रकाशित : २३ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६