प्रदेश

लुम्बिनी सरकारले सुरु गर्‍यो आन्दोलनका घाइते र अपाङ्गको उपचार



कपिलवस्तु, २४ माघ। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुने अवस्थाबाट रोक्नको लागि सरकारले यो सेवा सुरु गरेको बताए । उनका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको छ ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए ।

गृह मन्त्रालयले ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्बिर, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उल्लेख छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६