देश

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा अरुण चौधरीसहित तीनै जना रिहा



काठमाण्डौ, २४ माघ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाण्डौले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।

सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भएदेखि नै सरकारी जग्गा निजी स्वामित्वमा पुर्‍याउने खेल शुरु भएको थियो । २०४४ सालमा दुई पटक गरी बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा सारिएको थियो । पछि च्याम्पियन फुटवेयर लिमिटेडलाई कम्पनीमा परिवर्तन गर्दै नामै परिवर्तन गरी चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्‍याइएको सीआईबीले जनाएको छ ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६