प्रदेश

दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव माघ २६ गतेदेखि सुरु हुदैं महोत्सवको उद्घाटन अर्थमन्त्री मास्कीले गर्ने



कपिलवस्तु, २४ माघ । दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव आगामी माघ २६ गतेदेखि सुरु हुने भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका, १ स्थित प्रगतिनगर सेवा समाजको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सव फाल्गुन ७ गतेसम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृति, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक संस्था प्रगतिनगर सेवा समाजका अध्यक्ष एवंम् महोत्सव संयोजक पुष्पराज अर्यालले बताउनुभयो । ५० हजार भन्दा धेरै दर्शक उतार्ने लक्ष्य सहित आयोजना गरिएको महोत्सवमा १० भन्दा धेरै स्टल कृषिको लागि मात्र छुट्याइएको उहाँले बताउनुभयो ।

विगतको वर्षमा भएका कमी कमजोरी हटाउँदै अहिलेको महोत्सवलाई उत्कृष्ट रुपमा सफल पार्ने सबै पक्षले सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले गर्नुहुने उहाले बताउनुभयो ।

त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले शुद्धोधनको पहिचानलाई झल्काउदै आर्थिक चलायमान गराउन सहयोग गर्ने बताउनुभयो । पालिकाको विकासको लागि आफुहरुले यस्ता महोत्सव र कार्यक्रमलाई संरक्षण गर्दै नेतृत्वदायी भुमिका खेल्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडासदस्य नथई प्रसाद यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य लगायतले महोत्सवलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु रहेको महोत्सवका मिडिया संयोजक भुपाल थापाले बताउनुभएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलन समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षता, सदस्य रफिक मोहम्मदको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६