प्रदेश

साझा व्यवसायिक क्षेत्री नेतृत्व प्यानलमा युवा र अनुभवी उम्मेद्वार 



बाणगङ्गा, २५ माघ । 

कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको यही माघ २७ गते तोकिएको छ ।  निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेदवारहरू उद्योगी व्यवसायीहरूलाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् भने निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको उम्मेद्वारी पनि दर्ता भएको दाबी विरोध लगायतका निर्वाचनका कार्यक्रम सुरु भएका छन् ।

बाणगङ्गा न. पा. वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष पूर्व सल्लाहकार विभिन्न संघ/संस्थाको सफल नेतृत्व गरेका युवा र अनुभवी साझा व्यवसायिक प्यानल भएकाले पनि व्यवसायी गणेश बहादुर क्षेत्री नेतृत्वमा जोस र उत्साह रहेको व्यवसायी माधव भाट क्षेत्री बताउँछन् । 

बाणगंगाका वरिष्ठ समाजसेवी स्व. शेरबहादुर क्षेत्रीका सुपुत्र क्षेत्री विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिका र सल्लाहकार रहनुका साथै यस क्षेत्रका स्थानीयवासी र व्यवसायी हुनुका साथै बाणगंगाका युवा माझ लोकप्रिय छन् ।

क्षेत्री नेतृत्वको साझा व्यवसायी प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन हुमनाथ पौडेल । पौडेल कपिलवस्तु उद्योग वाणिज्य संघको पूर्व उद्योग उपाध्यक्ष, पूर्व वाणिज्य उपाध्यक्ष रही कार्य गरी सकेका छन् । यस्तै पौडेल बाणगंगा मा.वि. लौगाईका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्रसर व्यवसायी संघ कपिलवस्तु अध्यक्ष, कपिलवस्तु सञ्चार सहकारी (बुद्ध आवाज रेडियो, टेलिभिजन) का उपाध्यक्ष, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बोडगाउँ शाखा संयोजक, नव प्रभाव सामुदायिक वनका सल्लाहकार हुन् । 

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका उद्योग उपाध्यक्ष उम्मेद्वार पूर्व उपाध्यक्ष, पूर्व कार्य समिति सदस्य युवा व्यवसायी खुमानन्द घिमिरे उद्योग उपाध्यक्ष पदका उम्मेद्वार हुन । घिमिरे कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष हुनुका साथै विभिन्न संघ संस्थामा कार्य गरी सकेका छन् । 

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका वाणिज्य उपाध्यक्ष हुन घनश्याम अधिकारी । काष्ठ व्यवसायी अधिकारीले पनि विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका वस्तुगत उपाध्यक्ष हुन शालिकराम भुसाल । भुसाल संघका निवर्तमान वस्तुगत उपाध्यक्ष रहनुका साथै मिल व्यवसायी समिति कपिलवस्तुका अध्यक्ष, लाली गुराँस सहकारी संस्था लि. का अध्यक्ष हुनुका साथै बाणगंगाका विभिन्न संघ संस्थामा  कार्य गरेको अनुभव भुसालमा छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका एसोसिएट उपाध्यक्ष पदका उम्मेद्वार हुन व्यवसायी रामजी सेन । सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष, कपिलवस्तु सामुदायिक अस्पतालका पूर्व अध्यक्ष हुनुका साथै कपिलवस्तु विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलकी महिला उपाध्यक्ष हुन मिना पौडेल पोख्रेल । पौडेल सङ्घकी कार्य समिति सदस्य सदस्य समेत हुन । पौडेलमा बाणगंगाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव छ ।  

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानका महासचिव उम्मेद्वार हुन् नवदत्त घिमिरे । घिमिरे सङ्घमा दुई कार्यकाल सदस्य रही कार्य गरी सकेका व्यवसायी हुन् । घिमिरे लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष, ज्ञान पुञ्ज इङ्गलिस बोडिङका पूर्व अध्यक्ष समेत हुन् । घिमिरेमा विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव समेत रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका कोषाध्यक्ष पदका उम्मेद्वार हुन् युवा व्यवसायी खेमलाल अधिकारी, अधिकारी संघका पूर्व कोषाध्यक्ष समेत हुन् । अधिकारीमा बाणगंगाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका सचिव पदका उम्मेद्वार हुन् युवा व्यवसायी राजेश तिवारी । व्यवसायी तिवारीमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका सह कोषाध्यक्ष हुन् युवा व्यवसायी बसन्त कँडेल । कँडेल संघका कार्य समिति सदस्य समेत हुन । कँडेलमा जिल्लाका विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानलका खुल्ला महिला सदस्य हुन विमला श्रेष्ठ । श्रेष्ठ संघका कार्य समिति सदस्य समेत हुन । खुल्ला महिला सदस्यहरुमा सिता पोख्रेल घिमिरे, लक्ष्मी गौतम गैरे रहेका छन् । 

यस्तै क्षेत्री नेतृत्वको साझा व्यवसायिक प्यानका एसोसिएट तर्फका सदस्यका उम्मेद्वार हुन् युवा व्यवसायीद्वय लक्ष्मण भुसाल र मिन बहादुर थापा । युवा भुसाल र थापामा जिल्लाका विभिन्न संघ संस्थामा कार्य गरेको अनुभव रहेको छ । भुसालमा सङ्घमा एसोसिएट सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।

यस्तै क्षेत्री नेतृत्वका साझा व्यवसायिक प्यानलका क्षेत्रगत सदस्यहरूमा चारनम्बर क्षेत्र वाणिज्य सदस्य कृष्ण प्रसाद चालिसे, चार नम्बर क्षेत्र उद्योग सदस्य शिव प्रसाद सुवेदी । युवा व्यवसायी चालिसे संघका  कार्य समिति सदस्य समेत हुन् । चार नम्बरमा चालिसे र सुवेदी व्यवसायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका अनुभव रहेको छ ।

बैरिया क्षेत्रगत सदस्य उम्मेद्वार हुन व्यवसायी विष्णु प्रसाद घिमिरे । घिमिरे संघको बैरिया उपसमिति संयोजक रही कार्य गरेको अनुभव रहनुका साथै बैरियामा व्यवसायीमाझ लोकप्रिय छन् ।

बनगाई क्षेत्रगत सदस्यमा कशेवराज बेल्बासे वाणिज्य तर्फ र रोशन बन्जाडे उद्योग तर्फका उम्मेद्वार हुन् । बेल्बासे र बन्जाडे बनगाईमा व्यवसायीमाझ लोकप्रिय रहनुका साथै विभिन्न संघ संस्थामा कार्य गरेका छन् ।

साझा व्यवसायिक प्यानलका गजेहडा क्षेत्र सदस्य वाणिज्यमा युवा व्यवसायी ऋषिराम थारू र उद्योग तर्फ सुरजमति रौतार थारू उम्मेद्वार हुन । ऋषिराम थारु बाणगंगा ४ का निवर्तमान वडा सदस्य जनप्रतिनिधि हुन । ऋषिराम र सुरजमिति थारुमा विभिन्न संघ संस्थामा रही कार्य गरेको अनुभव रहेको छ ।

साझा व्यवसायिक प्यानका पिपरा क्षेत्र सदस्य माधव आचार्य, कोपवा क्षेत्र तेज बहादुर थापा, बोर्डगाउँ क्षेत्र शान्त कुमार विसी (सन्तोष), ओदारी क्षेत्र, ऋषिराम सुवेदी, सन्त कुमार थारू पटना क्षेत्र सदस्य हुन् ।

साझा व्यवसायिक प्यानलका उम्मेदवारहरू युवा र अनुभवी र अधिकांशलाई मिलाएर निवर्तमान वडा अध्यक्ष तथा जनप्रतिनिधि समेत रहेको नेतृत्व रहेकोले साझा व्यवसायिक प्यानलमा थप उत्साह थपिएको संघका पूर्व अध्यक्ष तथा समाजसेवी विष्णु प्रसाद न्यौपाने स्वीकार्छन् । न्यौपानेले संघको संघको हितका लागि सहमति र सहकार्यमा जोड दिनु पर्ने बताउँदै आफूहरू सहमति र सहकार्यकै पक्षमा रहेको बताए ।

संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराईले साझा व्यवसायिक प्यानलका अध्यक्ष संघको पूर्व उद्योग उपाध्यक्ष र पूर्व सल्लाहकार र निवर्तमान वडा अध्यक्ष समेत रही सकेकोले निर्वाचनमा उत्साह थपिनु स्वभाविक भएको बताए । उनले भोलि साँझ सम्म सहमतिको लागि अन्तिम समय सम्म पनि पहल गर्ने बताए ।

संघका अध्यक्ष डोलकराम घिमिरेले युवा र अनुभवी समूह साझा व्यवसायिक प्यानलका अध्यक्ष गणेश बहादुर क्षेत्री निवर्तमान वडा अध्यक्ष समेत रहेको नेतृत्वमा रहेको बताउँदै संघका अध्यक्षहरू सहमति र सहकार्यमै जोड दिएको बताउँदै अन्तिम समयसम्म सहमतिको लागि पहल गर्ने बताए ।

संघका पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे, उमानाथ पौडेलले पनि सहमतिमै जोड दिँदै अन्तिम समयसम्म सहमतिका लागि पहल गर्ने बताए । भोलि साँझ ६ः ०० बजेसम्म उम्मेद्वारी फिर्ताको अवधि भएकोले सङ्घमा सहमति हुने वा निर्वाचनमा जाने टुंगो लाग्ने छ । निर्वाचनको कार्यतालिका अनुसार २७ गते संघको निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६