प्रदेश

खोजीपुर सामुदायिक बनको १४ औं वार्षिक साधारण सभाः २ करोड ६१ लाख भन्दा माथिको बजेट प्रस्तुत



कपिलवस्तु, २५ माघ । खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम बुधबार कपिलवस्तुको बाणगंगा नगरपालिका–९ जिनुवमा अवस्थित सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष दिपक कुमार थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक बर्ष ०८०/०८१ को लागि अनुमानित आम्दानी रु २ करोड ६१ लाख ५२ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए । सो क्रममा उनले वन व्यवस्थापनलाई आगामी दिनमा योजनाबद्ध रुपमा कार्यान्वयन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले वनको दिगो व्यवस्थापनलाई आफुले जोड दिएको बताए ।

यस्तै कोषाध्यक्ष सरस्वती गैरे पौडेलले ०७९/०८० को १ करोड ८३ लाख ८८ हजार ३७ रुपैंया ९६ पैसा खर्च भएको विवरण प्रस्तुत गरिन् । उनले आम्दानीतर्फ १ करोड ८३ लाख ८८ हजार ३७ रुपैया ९६ पैसाको आयव्यय प्रस्तुत गरेकी थिईन् । वनको बार्षिक प्रगति प्रतिवेदन सचिव लक्ष्मी पौडेल र वार्षिक लेखा प्रतिवेदन लेखा संयोजक उमानन्द अधिकारीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले बोल्दै वन संरक्षण र व्यवस्थापनको बिषयमा जोड दिए । उनले वनलाई व्यवस्थापन गर्न बनाईएका निति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । बनलाई राम्रो बनाउन अवधि पुगेका रुखलाई काट्ने, नयाँ बिरुवा उमार्ने र हुर्काउने कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको भनाई छ । अधिकृत सुवेदीले तोकिएको कामहरु समयमा सम्पन्न गर्न साधारण सभा समयमा नै गर्नुपर्ने बताए ।

वन नविकरणीय स्रोत भएको बताउँदै उनले भने, ‘बन जंगलमा भएका खोलानाला सुक्न हुदैंन् । खोला खहरेको व्यवस्थापन गर्नुपर्छ ।’बनले आम्दानीको श्रोत बढाउन बनलाई संरक्षण गर्नुपर्ने उनले बताए । उनले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकारसंग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गरे ।

कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले वनको बजेट देखेर काम गर्ने व्यक्तीहरु वडा तर्फ भन्दा वन तर्फ आकर्षित देखिएको हुँदा त्यस्तो नगरी बिकास तर्फ अगाडी बढ्न आग्रह गर्दै सामुदायिक बनले गर्ने गतिविधिहरु पारदर्शी हुनुपर्नेमा उनको जोड उदएका थिए । यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष शेषकान्त बेल्वासेले वनको संरक्षण गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वन संरक्षणको विकल्प नरहेको बताउँदै वनको उपभोग राम्रोसंग गर्न सके वनबाटै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । वनका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव लक्ष्मी पौडेलले गरेकी थिईन् ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६