देश

सर्वोच्चको फैसलालाई चुनौती दिदै माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा



काठमाडौँ, २६ माघ । सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै रोल्पाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यसअघि सर्वोच्च अदालतले जनयुद्ध शब्द वा जनयुद्ध दिवसलाई संविधानले नचिनेको भन्दै जनयुद्ध दिवसका रुपमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो ।

तर सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएको केही दिनमै रोल्पाको घर्तीघाउँमा केन्द्र रहेको माडी गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरी सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार तीन तहको सरकार भएकाले स्थानीय तहले पनि आफ्नो स्थानीय बिदा दिन सक्ने जानकारी दिए । जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भएपनि स्थानीय तहले आफू मातहत रहेका कार्यालय वा निकायमा बिदा दिन सक्ने उनले बताए ।

सरकारले वर्षभरिका बिदाका लागि क्यालेण्डर बनाउँदा संघीय बिदाको दिन तोकेको हुन्छ । उक्त दिन देशैभरका सरकारी तथा अर्धसरकारी कार्यालयहरुमा बिदा हुन्छ । त्यसबाहेक प्रदेश सरकारले पनि थप ५ दिन बिदा दिन सक्छ । संघीय सरकारले घोषणा गरेको बाहेक थप ६ दिनसम्म प्रदेश सरकारले बिदा दिएमा संघीय सरकार मातहतका कार्यालयहरु पनि बन्द हुन सक्छन् ।

त्यसबाहेक स्थानीय सरकार भनिने स्थानीय तहले पनि आफू मातहत रहेका कार्यालयहरुमा स्थानीय बिदा दिन सक्छन् । तर स्थानीय तहले दिएको बिदा भने केन्द्र सरकारको हकमा लागु हुँदैन ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६