प्रदेश

पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने



तानसेन, २६ माघ। पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्मरुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम गर्ने, विभिन्न सरोकारवालासँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम हुनेछ । दादुरा–रुबेला खोप जिल्लाका २५० वटा खोप केन्द्रमा लगाइने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभयो । दादुरा–रुबेला खोप लगाउने सबैभन्दा धेरै तानसेन र रामपुर नगरपालिकाका छन् ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६