प्रदेश

एउटै व्यक्ति व्यापारी र बैंक सञ्चालक हुँदा समस्या भयोः मुख्यमन्त्री चौधरी



कपिलवस्तु, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको एउटै व्यक्ति व्यापार, उद्योग र बैङ्क सञ्चालक हुँदा समस्या आएको बताएका छन् । उनले पछिल्लो समय ब्याजदर वृद्धि भएको गुनासोप्रति जवाफ दिँदै एउटै व्यक्ति सबैतिर हुँदा समस्या भएको बताए ।

उनले आर्थिक विकासका लागि नेता र उद्योगी सुध्रिनुपर्ने समेत बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको छैटौँ प्रदेश सभाको लमहीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटै व्यक्ति व्यापार, उद्योगी र बैङ्क सञ्चालक पनि हुने अनि बैङ्कले ब्याजदर बढायो भनेर गुनासो गर्नु अलि नमिल्दो भएको टिप्पणी गरे ।

‘करबाट सरकार चल्छ, त्यसैले उद्योग विस्तार र प्रवर्द्धन गर्नका लागि पनि लुम्बिनी प्रदेश सरकार उद्योगीको साथमा छ’ उनले भने । उद्योगी र सरकारबिच व्यापक छलफल गरेर उद्योगका समस्या समाधान गर्न आफूहरू तयार रहेको समेत उनले बताए।

उनले स्थानीय उत्पादन वृद्धिलाई प्राथमिकता दिएर रोजगारी, उद्योग र उत्पादन बढाउने गरी सरकार अगाडि बढेको बताए । मुख्यमन्त्री चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक वृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको स्पष्ट पारे ।

नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पुर्याउन आफूले पहल गरिरहेको बताउँदै ‘थारुहरूले जिन्दगीभरि जाँड बनाए पनि अहिले कोरियाको जाँड नेपालमा बिक्री भइरहेको बताए ।

उनले त्यसलाई प्रतिस्थापन गर्नका लागि आफूहरूले पहल गरिरहेको बताए । उनले नेपाली जाँड संसारभर बिक्री गर्न सक्ने सम्भावना रहेको समेत बताए । स्थानीय उत्पादन बढाउन नसक्दा सम्म मुलुक समृद्ध हुन नसक्ने मुख्यमन्त्री चौधरीले बताए ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६