अर्थ-वाणिज्य

रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिको निर्देशन



लुम्बिनी २९ माघ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ।

लुम्विनी बिकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहालका पुर्व घरवेटी सारदा प्रसाद अधिकारी पुत्रलाई जिम्मा लगाउने सहमती गरेको थियो। उक्त सहमती बारे समाचार सार्वजनिक भएपछि संसदको सार्वजनिक लेखा समितीले चासो दिएर सम्झौताका कागजात मागेको थियो।समितिको आइतबारको बैठकले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले बताए।

पश्चिम नवलपरासीको ुरामग्राम क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड का पुर्व घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

रामग्राम गौतम बुद्धको अस्थिधातु राखिएका आठ स्थलमध्ये एक मानिन्छ। उक्त स्तुपा घरवेटी पुत्रलाई दिएपछि उनकै ब्यवस्थापनमा मंसिर २६ गते १२ बजेर १२ मिनेट जांदा प्रधानमन्त्री दाहालको जन्मदिन र सोही समय पारेर रामग्राममा दिप प्रज्ज्वलन गरिएको थियो। लेखा समितिले यसमा सं‌लग्नमाथि अनुसन्धान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ।रामग्राम परियोजनामा स्थानीयको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६