देश

६ दशकमा ४४ हजार छात्राछात्रलाई सेनाको तालिम




कपिलवस्तु २फागुन
भनिन्छ, अनुशासन र राष्टसेवा परस्पर जोडीएका विषय हुन्, त्यसैको एउटा उदाहरण हो कपिलवस्तुको बुद्धभुमीमा रहेको राष्टिय सेवादल । जसले गर्दा विद्यार्थि र युवालाइ अनुशाशीत र राष्ट्प्रति आस्थावान नागरिकले नै राष्ट्लाइ सवल र विकसित बनाउँछ भन्ने शिकाइ दिएको बताइन्छ । त्यसै अनुरुप युवा विद्यार्थिलाइ देशप्रति जिम्मेवार, कर्तव्यनिष्ठ र स्वाबलम्वी बनाउने उदेश्यले २०२२ सालमा राष्टिय सेवा दलको स्थापना भएको हो । छ दशकको अवधिमा ४३ हजार ७ सय ४ जना छात्रछात्रालाइ नेपाली सेना मार्फत सेवादलबाट प्रशिक्षित गरेको छ ।

जस अनुसार पछिल्लो समय ७७ बटै जिल्लामा राष्टिय सेवा दल गठन भएको छ । उनीहरुले विभिन्न समयमा आइपर्ने विपतीका समयमा नागरिकलाइ सहयोग गदैं आएका छन् । कपिलवस्तुमा पनि शमशेर दल गण गोरुसिँगेको सहयोगमा गंगाज्योती मावि पथ्थरकोटका साथै नेपाल राष्टिय मावि रनगाइका ८ देखी १० कक्षामा अध्ययनरत ५० विद्यार्थीले खुकुरी नाँच प्रर्दशन गर्ने गरेका छन् । इतिहासको गौरव जोगाइराख्न राष्टिय सेवादलको महत्वपुर्ण भुमिका रहेको पाइन्छ । खासगरी अंग्रेज नेपाल युद्धका बेला नालापानीमा भएको युद्धको सम्झनामा विरताको प्रतिक स्वरुप खुकुरी प्रर्दशन गरेको इतिहास छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६