देश

रेडियोको नवीकरण जरिबाना बापतको रकम छुट दिन सहमति दिइसकेको अर्थमन्त्री महतको भनाइ



काठमाण्डौ, ०२ फागुन । अर्थमन्त्री डा. प्रकाश शरण महतले देशभरका रेडियोलाई यसवर्षको नवीकरणको जरिबाना बापतको रकम छुट दिनका लागि सञ्चार मन्त्रालयलाई सहमति दिइसकेको बताउनुभएको छ । १३ औँ विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा हिजो भएको कार्यक्रममा अर्थमन्त्री महतले जरिबानाको रकम छुटका लागि निर्णय गरेर पुस महिनामै लेखी पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नवीकरणको जरिबानामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै छुटको व्यवस्था कार्यान्वनय गर्नेछ । अर्थमन्त्री महतले आम नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियोलाई संरक्षण गर्ने कुरामा राज्यले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागी वक्ताले सूचना प्रविधि क्षेत्रमा भएको विकास र त्यसको बढ्दो प्रयोगले अहिले रेडियोले सङ्कटको सामना गर्नुपरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसीले सूचना प्रविधिको अहिलेको युगमा रेडियोलाई पनि प्रभावकारी बनाउन काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधि र इन्टरनेटमा आधारित सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न र रेडियोलाई टिक्ने बनाइराख्न स्थानीयका अपेक्षा पूरा हुनेखालका सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६