प्रदेश

कपिलवस्तुमा बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या न्यून



कपिलवस्तु, ०२ फागुन । कपिलवस्तुमा स्थायी बन्याकरण गर्ने पुरुषको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को प्राविधिक सहयोगमा विभिन्न पालिकामा सञ्चालित घुम्ती शिविरबाट सो तथ्याङ्क फेला परेको हो । सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा पुरुष बन्ध्याकरण गर्नेको सङ्ख्या न्यून देखिएको स्वस्थ्यकर्मीहरुको भनाइ छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका पब्लिक हेल्थ नर्स शान्ति भण्डारीका अनुसार जिल्लाका दश वटै पालिकामा सञ्चालित स्थायी बन्ध्याकरण शिविरबाट २ सय ७४ महिला र ४ जना पुरुष गरी २ सय ७८ जनाले बन्ध्याकरण गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कपिलवस्तुका दश वटै स्थानीय तहमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा मुस्लिम समुदायको बन्ध्याकरण गर्नेको सङ्ख्या शून्य रहेको बताउनुभयो ।’’

स्थायी बन्ध्याकरणका लागि महिलाले गर्ने बन्ध्याकरणलाई मिनिल्याप र पुरुष बन्ध्याकरणलाई भ्यासेक्टोमी भन्ने गरिन्छ । जसबाट सन्तान पैदा हुन रोकिन्छ । महिलामा गरिने मिनिल्यापभन्दा पुरुषहरुले गर्ने भ्यासेक्टोमी बढी सुरक्षित रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । महिलाले परिवार नियोजन गरेमा धेरै आराम गर्नुपर्ने, लामो समय औषधी सेवन गर्नुपर्ने र शल्यक्रियापछि सुरक्षित घर पुर्‍याउनुपर्ने, तर पुरुषहरुको शल्यक्रियापछि आफैँ घर जान सक्ने भण्डारीको भनाइ छ ।

पुरुषहरुले स्थायी बन्ध्याकरणपछि शरीर कमजोर हुने, कठिन काम गर्न नसकिने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, यौनशक्ति कम तथा नपुंसकतासम्म हुने अन्धविश्वासले गर्दा पुरुषले बन्ध्याकरण नगर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीका अनुसार पुरुष बन्ध्याकरण कम हुँदा परिवार नियोजन गरेका व्यक्तिहरुको सफल स्टोरी बनाएर पुरुष व्यक्ति खुलेर आउन सक्ने वातावरण बनाइएमा निकट भविष्यमा अवश्य पुरुष बन्ध्याकरणको सङ्ख्यामा बढोत्तरी हुन सक्ने बताउनुभयो ।

महिलाले गर्ने मिनिल्याप १५ देखि ३० मिनेट लागेर ३ देखि ५ सेन्टिमिटरसम्म चिरेर गर्न सकिन्छ भने जब पुरुषहरुको भ्यासेक्टोमी मात्र ७ देखि १० मिनेटमा पाँच एमएम जति चिरेर गर्ने गरिन्छ ।

जिल्लाको महाराजगञ्जमा ४५, बुद्धभूमिमा ४१, कपिलवस्तुमा ३५, बाणगङ्गामा २३, शिवराजमा ३५, कृष्णनगर नगरपालिकामा १२ र विजयनगरमा २५, मायादेवीमा २१, यशोधरामा २५ र शुद्धोधन गाउँपालिकामा १५ जनाले शिविरमा स्थायी बन्ध्याकरण गराएका छन् ।

अर्थिक वर्ष ०७८/०७९मा १९१ महिला र ५ जना पुरुष गरी १९६ ले स्थायी बन्ध्याकरण गराएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७९र०८० मा २ सय ६० महिला र ५ जना पुरुष गरी २ सय ६५ जनाले स्थायी बन्ध्याकरण गराएका हुन् ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६