अर्थ-वाणिज्य

सिपमुलक शिक्षाले मात्र बेरोजगारी र गरीवी घटाउछ : प्रा.डा. भुसाल




भगवती न्यौपाने
कपिलवस्तु २ फागुन । सपमुलक शिक्षाले मात्र नेपालको बेरोजगारी र गरीबी घटाउने त्रिभुवन विश्व विद्यालयका प्रा.डा. एम.एल शर्मा भुसालले बताउनु भएको छ । कपिलवस्तु जिल्ला स्थित श्री सुर्योदय आधारभुत विद्यालय वाणगंगा नगरपालिका ८ चप्परगाँउ विद्यालयकी पुर्व शिक्षिका स्व. सुमित्रा पौडेलको चीर स्मृतिमा निर्मित सरस्वति मन्दिरको उद्घाटन तथा सरस्वती देवीको मुर्ति अनावरण, प्राणप्रतिष्ठा एवम अक्षर आरम्म कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
राज्यले शिक्षामा धेरै लगानी गरिरहदा पनि पछिल्लो समय युवाहरु विदेश जाने परिपाटि अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै राज्यले शैक्षिक सुधार गदै देशभित्रै विद्यार्थीहरुलाई पढ्ने वातावरण सृजना गर्नु पर्ने र रोजगारीको निमार्ण गर्नु पर्ने बताउनु भयो ।प्रतिनिधीसभा सदस्य बलराम अधिकारीले शिक्षामा सुधार गर्न सके विकासले छिटो फड्को मार्ने बताउनु भयो । समाज सुधारमा स्व पौडेलको योगदान सदा सम्मान योग्य रहेको बताउदै पौडेलले कोरेका सकरात्मक बाटोलाई सबैले अंगाल्नु पर्ने उहाँले बताउनुदभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य गिधारीलाल न्यौपानेले स्व. पौडेलले विद्यालय, समाज र यस क्षेत्रमा गरेको योग्दानको उच्च कदर सधैं रहने बताउनु भयो । साथै उहाँले पौडेलको भौतिक शरीर हामी माझ नभए पनि उहाँको स्मरण सदा रहने बताउनु भयो ।नगर प्रमुख चक्रपाणी अर्याले स्व. पौडेलले विद्यालयमा गरेको योगदान सधैं स्मरण रहने बताउनु भयो । साथै उहाँले सुर्योदय विद्यालय पछिल्लो समय प्रगति गर्दै अगाडी बढेको बताउनु भयो । स्व. पौडेलका श्रीमान प्रेमनारायण पौडेलले बोल्दै आफ्नो जीवन साथिले २८वर्ष सेवा गरेको विद्यालयमा सरस्वती मन्दिर तथा सरस्वती देवीको मुर्ति अनावरण गरेको बताउनु भयो । र आगामी दिनमा पनि विद्यालयको विकासमा सधैं लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल,नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसि, वडा सदस्य शैलेन्द्र बेल्बासे, बौद्धिक व्यक्त्वि बाबुराम भट्राई, स्व.पौडेलका सासुससुरा थानेश्वर पौडेल, शुसिला पौडेल, समस्त पौडेल परिवार, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थीहरु, बुद्धिजिवी, समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिति लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षता,शिक्षिका कोपिला पन्थको स्वागत मन्तव्यमा भएको कार्यक्रम हुमनाथ पौडेलले गर्नु भएको थियो । स्व.पौडेलकी देउरानी विजया भुसाल पौडेलले स्व.पौडेलको जिवनीको बारेमा बताउनु भएको थियो । भने यता स्व. पौडेकी देउरानी मिना पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो । प्रेम नारायण पौडेल र स्व सुमित्रा पौडेलका पाँच छोरीहरु हुुनुहुन्छ जसमा चार छोरीको बैबाहिक कार्य भईसकेको छ । स्व विष्णु देवी पाण्डेय र स्व दन्डिराम पाण्डेको कोखबाट पाच सन्तान मध्ये कान्छी छोरी हुनुहुन्छ सुमित्रा पौडेल, उहाँले शिक्षा पेशा बाहेक विधिन्न संघ संस्थामा रहेर काम गर्नु भएको थियो । स्व. पौडेलको कार्तिक १० गते उपचारको क्रममा ५८ वर्षको उमेरमा मृत्यु भएको थियो । .

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६