अर्थ-वाणिज्य

साइकलमा सवार दिदीको मृत्यु बहिनी गम्भीर




दाङ २ फागुन ।दाङको देउखुरीमा डबल क्याप स्कारपियोको ठक्करबाट साइकलमा सवार दिदीको मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते भएकी छिन् । बुधबार बेलुका ४ः१५ बजेको समयमा लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका– ८ पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेको प्र ३–०१०२२च १३६९ डब्बल क्याप स्कारपियोले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार प्यूठान जिल्ला झिमरूक गाउँपालिका–८, गोवडी घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षिय राधा बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बहिनी २० वर्षिय बिपना केसी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । गम्भीर घाइते राधाको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते बहिनी विपनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडीका चालक फरार रहेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६