पर्यटन

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा १५ दिने कफि वारिस्ता तालिमको उद्धघाटन



पशुपति गिरी,बाणगंगा ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने कफि वारिस्ता तालिमको उद्घाटन द गार्डेन होटल बाणगंगा नगरपालिका वडा नं.४ सिद्विपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले कफी वारिस्ता तालिमलाई रोजगार मुलक बनाउन आवश्यक रहेको बताउनु भयो ।नगरप्रमुख अर्यालले तालिम लिएर रोजगारी र ब्यवसाय सग जोडिन सहभागिलाई अग्रह समेत गर्नुभयो । पालिकाबाट अहिले सम्म धेरै तालिमको आयोजना भएको भन्दै कतिपय तालिमका लागि छुटाइएको बजेट खर्च भए अनुसारको उपलब्धी हासिल नभएको बताउनु भयो । हामिले सिपमुलक तालिम भनेर बजेट बिनियोजन गर्छौ ,उहाले भन्नु भयो तालिम अनुसारको व्यवहारमा लागु नभएको भन्दै तालिम लिइसके पछि उत्पादनमा लाग्नुपर्नेमा जोडदिनु भयो । खालि बस्दै आएका र रोजगारको खोजीमा बसेका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमको माग गर्नका लागि दिनरात खटने होटल तथा पर्यटन व्यवसायी संघको काम प्रसंशायोग्य भएको बताउनु भयो । कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा थप बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिकाका प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दैनिकि सग जोडिएका बिषयबस्तुलाई सिप सग नजोडे आर्थिक उपार्जन गर्न नसक्ने बताउदै तालिमलाई रोजगारमुलक बनाउन पर्नेमा जोड दिनु भयो ।उहाँले नाम कफिको मात्रै भएपनि धेरै कुराहरूको सीप सिक्न सकिने बताउदै नगरले यस्ता सीप विकास सम्बन्धि कार्यक्रमहरू दिने बताउनुभयो।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्क्ष लक्ष्मण प्रसाद बेल्वासेले तालिम १५ दिने हेर्दा सामान्य देखिएता पनि यसले सबैलाई सिप विकास गर्न सहयोग पुराउने बताउनुभयो । उहाँले आफू वित्तीय संस्थामा पनि आबद्ध रहेकोले तालिम सकेपछि उद्योग सञ्चालनको लागि सहुलियत कर्जा समेत उपलब्ध गराउने प्रतिवद्वता दिनुभयो।

त्यसैगरी बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखाकि प्रमुख शुशिला पन्तले सबैलाई तालिम सफलरुपले सिक्ने र रोजगारी तथा ब्यवसाय सग जोडिन सहभागिलाई अग्रह गर्दै सम्पूर्णलाई शुभकामना समेत दिर्नुभएको हो।


प्रशिक्षक सन्जय घिमिरेले तालिम रोजगारी उन्मुख भएकाले रोजगारीका लागि कुनै समस्या नहुने भन्दै वारिस्ताको धेरै खाचो भएको बताउनु भयो । तालिम बिज्ञ घिमिरेले राम्रो कफी खानका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै बजारको माग अनुसारको तालिमको आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद समेत दिनुु भयो ।

यस्तै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनुपर्ने प्रष्टाउनु भयो । नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागिलाई अनुरोध गर्नुभयो । उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको बताउनु भयो ।


उक्त १५ दिन चल्ने तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडा बाट १५ जनाको सहभागिता रहेको छ । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको तालिम होटल तथा पर्यटन सघ कपिलस्तुको आयोजना र वाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग रहेको थियो । उक्त उद्धघाटन कार्यक्रमको स्वागत मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष झिमलाल साप्कोटा र कार्यक्रमको सञ्चालन महासचिव रोमलाल पौडेलले गर्नुभएको थियो

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६