प्रदेश

ओदारीबाट हराएका शिक्षक विमलराज आचार्य मृत अवस्थामा फेला



बाणगङ्गा, ०४ फागुन ।
कपिलवस्तुको बाणगङ्गा वडा न. ११ ओदारीबाट दुई दिन अगाडि हराएका शिक्षक विमलराज आचार्य मृत फेला परेका छन् । उनी दाङको गढवा गाउँपालिकाको वडा न. २ झरौनि खोलामा बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।आचार्यले बाणगंगाको ओदारी माविमा अध्यापन गराउदै आएका थिए । शिक्षक आचार्यको मोटरसाइकल बाटोको छेउमै पार्किङ गरेको अवस्थामा विहीबार देखिनै रहेको थियो ।

दुई दिन सम्म बाटो छेउमै मोटरसाइकल देखेपछि प्रहरीले खोजतलास गर्दा उनको सव भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वलिले जानकारी दिइन । मृतक आचार्यको साथमा रहेको मोबाइलबाट पत्ता लगाई आफन्तलाई खवर गरिएको उनले बताइन । उनले अहिले सव नखोलिएको जानकारी दिइन । आफन्त आउनसाथ सव खोलिने र पोष्टमार्टम पछि जिम्मा लगाईने उनले बताइन ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६