खेलकुद

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी



काठमाडौँ, ०५ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा ८ चौका र १ छक्का हिर्काए । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रन बनाए । उनले ६ चौका र ४ छक्का हिर्काए ।

नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

यसअघि राम्रो बलिङ प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६