खेलकुद

नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो, नेपाल तालिकाको शीर्ष स्थानमा



काठमाण्डौ, ०७ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५७ रन बनाए । नामिबियाका गेरहार्ड इरासमसले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा १ सय २३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मितले सबैभन्दा धेरै २६ रन बनाए । नेदरल्याड्सका आर्यन दत्तले करियरको उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३४ रन दिँदै ६ विकेट लिए । यो नेदरल्यान्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ हो ।

नेदरल्यान्ड्सको जितले नेपाललाई फाइदा पुगेको छ । नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ वटै टोलीले २र२ खेल खेलेकोमा १र१ खेल जितेका छन् । नेपालले नामिबियासँग हारेको थियो भने नेदरल्यान्ड्सलाई हराएको थियो । प्रतियोगितामा नेपालले अब पर्सि बुधवार नामिबिया र १३ गते आइतवार फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा ८ वटा टोलीले खेल्नेछन्, जसमा शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६