प्रदेश

कपिलवस्तुमा २५ किलो चरेससहित पाँच जना पक्राउ



कपिलवस्तु, १४ फागुन । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा तीनजना महिला र दुई जना पुरुष रहेका छन् । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाँधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । ‘भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो,’ प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले भने।

धादिङकि सेती तामाङ पेशेवर भरिया हुन् । उनी यस अघि धादिङ र कृष्णनगरबाट लागू औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन् । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो । नियन्त्रणमा लिइएका पाँचै जना उपर थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६