देश

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि



काठमाडौं, १५ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिए ।

अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो ।

त्यसअघि आचार्यको पार्थिव शरीरलाई सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, संस्कृतिमन्त्री सुदन किराती लगायतले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाउँदै आचार्यको निधनले मुलुकलाई क्षति पुगेको बताए । ४०० भन्दा बढी गीतमा स्वर र संगीत दिएका आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६