खेलकुद

त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित



काठमाडौं, १६ फागुन ।

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।बुधबार भएको सिरिजको दोस्रो खेलमा नेपाल नेदरलयाण्ड्ससँग २रनले पराजित भएको हो।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। डच टोलीले दिएको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।


नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् ।


बलिङममा नेपालका करण केसी र कुशल मल्लले एकएक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६